१२ मंसिर २०८३, शुक्रबार

प्रधानमन्त्री देउवा र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

एसीपी संवाददाता

६ भाद्र २०७८, आईतवार १७:३७ मा प्रकाशित

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । चौथाइवाले कांग्रेसको निमन्त्रणामा चार दिने अनौपचारिक भ्रमणका लागि नेपाल आइपुगेका हुन् । उनले आइतबारै बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटमा चौथाइवालेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । देउवा प्रधानमन्त्री भएपछि भारतबाट आएका उनी नै सबैभन्दा उच्चस्तरीय नेता हुन् ।
कांग्रेस सह–महामन्त्री एवं पूर्वपरराष्ट्रमन्त्री प्रकाशसरण महतले प्रधानमन्त्री र चौथाइवालेबीच भेटवार्ता भएको पुष्टि गर्दै दुई पार्टीबीचको सम्बन्धलाई कसरी दुई देशको हितमा उपयोग गर्न सकिन्छ ? भन्ने विषयमा छलफल भएको बताए । ‘उहाँलाई नेपाल भ्रमणको लागि मैले कांग्रेसको तर्फबाट निमन्त्रणा दिएको थिएँ । त्यही सिलसिलामा उहाँ नेपाल आउनुभएको हो । उहाँको यो भ्रमण मुख्यतः भाजपा र कांग्रेसको सम्बन्ध विस्तार र नेपाल–भारत सम्बन्धलाई कसरी बलियो पार्ने ? भन्ने सम्बन्धमै केन्द्रित हुन्छ,’ महतले कान्तिपुरसँग भने । महतले आइतबारको भेटवार्ताले नेपाली कांग्रेस र भाजपाबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउने विश्वास व्यक्त गरे ।

देउवा प्रधानमन्त्री भएपछि भारतीय समकक्षी मोदीसँग टेलिफोनमा कुराकानी भएलगत्तै चौथाईवालेले पनि देउवासँग संवाद गरेका थिए । ईकान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x