१२ मंसिर २०८३, शुक्रबार

भाजपा वरिष्ठ नेता चौथाइवालेको राजनीतिक भेटघाट तीव्र आज केपि ओलिलाई भेटे

एसीपी संवाददाता

७ भाद्र २०७८, सोमबार ०८:१० मा प्रकाशित

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय चौथाइवालेले राजनीतिक भेटघाट तीव्र पारेका छन् ।

आइतबार काठमाडौं आइपुगेका नेता चौथाइवालेले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गरिसकेका छन् ।

उनले प्रधानमन्त्री निवास बालुवाटारमा देउवासँग समसामयिक कुराकानी गरेका थिए । बीजेपी नेता चौथाइवालेले सोमबार बिहान एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेका छन् ।

ओली निवास बालकोट पुगेका उनले दुई देशका सम्बन्धका विषयमा सकारात्मक कुराकानी भएको जानकारी दिए ।

ओली प्रधानमन्त्री भएकै बेला पनि चौथाइवाले काठमाडौं आएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x