एउटै धर्म एउटै संस्किृत , जनैपुर्णीमाको अवसरमा नेपाल र भारतका सुरक्षाकर्मीलाई रक्षा बाधे पछि मार्मिक सम्बन्ध
जनकपुरधाम । नेपाल भारत सम्बन्धमा विभिन्न उतारचढाव आइरहन्छ । सीमामा हुने समस्याले दुई देशलाई नै तरंगित बनाउँछ ।
सीमामा हुने घटनाले काठमाडौंमा राष्ट्रवाद ओकेलिन्छ । तर सीमामा नेपाल र भारतका बासिन्दा मित्रता, पारिवारिक र छिमेकीको रुपमा मिलेर बसेका छन् । व्यवहार गरेका छन् ।
नागरिक तहमा रहेको यो सम्बन्ध सुरक्षा तहमा पनि उक्लिएको छ । सुरक्षाकर्मीको कामै सुरक्षा दिने, चाहे त्यो भारतको होस् वा नेपालको । दुबै देशका सुरक्षाकर्मीको भूमिका दुबै देशका लागि उतिकै महत्वपूर्ण छ । किनभने हाम्रो खुला सीमाना छ ।

एक देशमा केही हुने वितिकै त्यसको सोझो असर अर्को देशमा पनि पर्छ । त्यसैले दुबै देशका सुरक्षाकर्मीको सहकार्य हुन्छ । त्यो सहकार्यलाई कसिलो बनाउने माध्यम बनेको रक्षा बन्धन । दाजुभाईलाई दिदीबहिनीले राखी बाँधिदिने पर्व । यो पर्व दुबै देशका सुरक्षाकर्मीले आइतवार संयुक्त रुपमा मनाए ।
काठमाडौंमा प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले बिजेपी नेता विजय चौथाइवालेलाई भाई मानेर राखी बाँधिदिँदा सीमामा नेपाल र भारतका सुरक्षाकर्मीले राखी बाँधेर एउटा नयाँ सन्देश दिए । नेपाल र भारतबिच सझै तिक्ततामात्रै हुन्छ भन्ने मान्यतालाई धक्का दिए ।
काठमाडौंको मौसमे राष्ट्रवादलाई धक्का दिए । आइतवार मधेसका जिल्लामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र भारततिरबाट भारतीय प्रहरी र एसएसबीका जवानले एकआपसमा राखी बाधेर रक्षाबन्धन मनाए ।
जयनगर महिला विकास मञ्चको आयोजनामा सीमामा खटेको जवानहरुलाई राखी बाँधेर रक्षा बन्धन मनाएको हो । नेपाल भारतको जयनगर सीमामा भारतीय सशस्त्र सीमा बल (एसएसबी)का जवान र नेपालको सशस्त्र प्रहरी बल (एपीएफ) का सुरक्षाकर्मीलाई दुवै देशका चेलीहरुले राखी बाँधेर रक्षा बन्धन मनाइएको हो ।

कार्यक्रममा नेपालकी बहिनीहरुले भारतीय जवानलाई राखी बाँधिदिएका थिए भने भारतकी बहिनीहरुले नेपाली सुरक्षाकर्मीलाई राखी बाँधिदिए । दुई देशको सम्बन्धमा यो दुर्लभ दृश्य थियो ।
दुवै देशका दिदीबहिनीहरुले एक आपसमा सुरक्षाकर्मीहरुलाई राखी बाँधेको थिए । जसमा सशस्त्र प्रहरी बलकी महिला सुरक्षाकर्मीहरुले भारतीय सुरक्षाकर्मी दाजुभाईलाई राखी बाँधिदिएका थिए । दुवै देशका चेलीहरुले सुरक्षाकर्मी जवानहरुलाई राखी बाँध्दै मिठाई खुवाएका थिए ।
मिथिला परम्पराअनुसार पाग र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । महिला विकास एवम् उत्थानको लागि समर्पित महिला विकास मञ्चले सीमामा दिनरात खटेका सीमा प्रहरीलाई राखेर उनीहरुको मनोबल बढ्ने र दुई देशको सम्बन्ध पनि मजबुद हुने उद्देश्यले राखी बाँधिएको जनाएको छ ।
भारतको जयनगर र नेपालको सिरहा माडर बोर्डरस्थित राजनगर बटालीयनअन्तर्गत अरराहा क्याम्पमा हिन्दु रितिरिवाज अनुसार राखी बन्धन कार्यक्रम गरिएको थियो ।



[…] […]