१२ मंसिर २०८३, शुक्रबार

भाजपाका विदेश प्रमुख र केन्द्रका अध्यक्ष दाहाल बीच भेटवार्ता

एसीपी संवाददाता

८ भाद्र २०७८, मंगलवार ०१:१२ मा प्रकाशित

काठमाडौँ — भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् ।

अध्यक्ष दाहालको निवास खुमलटारमा सोमबार भएको भेटमा नेपाल–भारत सम्बन्ध र दुई पार्टीबीचको सम्बन्धका बारेमा छलफल भएको अध्यक्ष दाहालकी स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् ।

भाजपा विदेश विभाग प्रमुख चौथाइवालेले सोमबारै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।

चौथाइवालेले यसअघि आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x