१२ मंसिर २०८३, शुक्रबार

माधव नेपाल पार्टी दर्ता गर्ने संख्या पुर्‍याउन असमर्थ

एसीपी संवाददाता

९ भाद्र २०७८, बुधबार ०२:३० मा प्रकाशित

काठमाडौं । नेकपा एमाले विभाजन गरेर नयाँ दल दर्ता गर्ने बाटोमा हिँडेका नेता माधवकुमार नेपालले २० प्रतिशत सांसदको साथ पाएका छैनन् । अब माधव नेपालको पार्टी दर्ता प्रक्रिया कसरी बढने ?

नेपाललाई एमाले फुटाउन संसदीय दलतर्फ ३१ जना सांसदको खाँचो रहेकोमा प्रस्तावित नेकपा (एकीकृत समाजवादी) दल दर्ताका लागि २९ जना सांसदको मात्रै हस्ताक्षर निर्वाचन आयोगमा पुगेको हो । यस्तो गर्दा नेपालको पार्टीको दर्ता नै आन्योल बनेको छ ।

यद्यपि, नेता नेपालको केन्द्रीय कमिटीतर्फ भने आवश्यक ४१ जना केन्द्रीय सदस्यको ठाउँमा ५५ जना पुगेका छन् ।

दल विभाजनसम्बन्धी अध्यादेशमा पार्टीको संसदीय दल वा केन्द्रीय कमिटी मध्ये कुनै एकमा २० प्रतिशत पुर्‍याउनुपर्ने प्रावधान रहेका कारण नेता नेपालको नयाँ पार्टीले भने मान्यता पाउँने देखिएको छ ।

नेता नेपालको केन्द्रीय कमिटिमा २० प्रतिशत सदस्य पुगेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x