१२ मंसिर २०८३, शुक्रबार

माधव नेपालका कारण पशुपतिनाथ बिकासकोस अब क्रिश्चियनको नियन्त्रणमा ?

एसीपी संवाददाता

११ भाद्र २०७८, शुक्रबार ०९:४० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेको विदेश विभाग प्रमुख भएर विदेश भ्रमणमा कुदिरहने नेतामा पर्छन् माधव नेपाल । क्रिश्चियनको गढ मानिने दक्षिण कोरियादेखि खुंखार कम्युनिस्ट उत्तर कोरियासम्म, अमेरिकादेखि युरोपसम्म नेता नेपाल नगएको देश सायदै होला । कतिसम्म भने नेपालले गत वर्ष काठमाडौंमा होलीवाइन कार्यक्रम गरे ।

युनिफिकेशन चर्चमातहत सञ्चालित विवादास्पद एनजिओ ‘युनिभर्सल पिस फेडेरेसन (युपीएफ)’ मार्फत सम्मेलन गरेर विवाह गराउने र गरिसकेका जोडीलाई ‘होली वाइन’ खुवाएर आर्शिवाद दिने कार्यक्रम गरियो । यसको चाजोपाजो नेपालमा क्रिश्चियन ठेकेदार एकनाथ ढकालले मिलाएका थिए भने उनलाई दरिलो साथ माधव नेपालको थियो । अहिले माधव नेपालले नयाँ पार्टी खोलेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली सनातन धर्म संरक्षणमा सक्रिय भएका बेला प्रतिगमन भनेर नेता नेपाल छुट्टिए । उनले नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गरेका छन् । दर्ता गरेकै दिनबाट माधव सनातन धर्ममा आघात पुग्ने हिसाबले अघि बढेका छन् । यसबाट उनले धर्ममा कुरा नमिलेकैले प्रतिगमन भनेर पार्टी फोडेको त होइन भन्ने आशंका पनि उब्जिएको छ । किनभने जनभावनाविपरीत देशलाई धर्म निरपेक्ष बनाउनमा माधवको पनि ठूलो भूमिका छ ।

विगतमा होली वाइनदेखि क्रिश्चियानिटी प्रवर्द्धनका लागि कानुनी रुपमै खुकुलो वातावरण बनाउन महत्वपूर्ण भूमिका खेलेका माधवले अहिले दल फुटाएर सत्तामा पुगेलगत्तै होली वाइनवाला युनिफिकेशन चर्चमातहतकै इन्टरफेथ ग्रुपलाई बोकेर अघि बढ्न खोजेका छन् ।

युनिफिकेशन चर्चको इन्टरफेथ ग्रुपलाई पशुपति क्षेत्र विकास कोषमा प्रवेश गराएर हिन्दुहरुको प्रमुख धार्मिकस्थल पशुपतिनाथ क्षेत्रमा प्रहार गर्ने रणनीति माधवले लिएको बाहिरिएको छ । त्यसै पनि क्रिश्चियनहरुले हिन्दुहरुको पवित्र स्थल पशुपति क्षेत्रमा शव गाडेर दुर्गन्धित बनाइरहेका छन् ।

विश्व हिन्दु महासंघको पहलमा सर्वोच्च अदालतबाट स्टे अर्डर ल्याएर रोकिएको छ । यस्तो बेला माधव नेपालले पशुपति क्षेत्र विकास कोषमा रिक्त पदाधिकारी तथा सदस्य पदमा क्रिश्चियन गतिविधिमा संलग्न संस्था इन्टरफेथ ग्रुपका मानिसहरुलाई नियुक्त गर्न दबाब दिइरहेको खुलेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवानिकट स्रोतका अनुसार नवगठित समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले सञ्चालन गर्दै आएको इन्टरफेथ ग्रुपका मानिसहरुलाई कोषमा राख्न दबाब दिएका हुन् । सत्ता निर्माणमा महत्वपूर्ण भूमिका खेलेका माधवको यो मागसामु प्रधानमन्त्री निरीह छन् । माधवले कोषका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु आफ्नो सिफारिसमा नियुक्त हुनुपर्ने अडान लिएको बुझिएको छ ।

कोषमा रिक्त विभिन्न पदमा कांग्रेस र माओवादीले आ-आफ्नो मान्छे राख्न खोजेका थिए । तर, माधवले सम्पूर्ण नियुक्ति आफ्नो सिफारिसमा हुनुपर्ने अडान राखेको बताइएको छ । उनको अडानसामु निरीह देउवाले सहमति जनाएका छन् ।

कोषमा इन्टरफेथ ग्रुपका मान्छे ल्याउने विषयमा माधवको प्रधानमन्त्री देउवासँग भनाभन नै परेको बुझिएको छ । इन्टरफेथ ग्रुपले नै माओवादी र कांग्रेसबाट पनि क्रिश्चियन धर्म मान्ने व्यक्तिलाई छनोट गरेर सिफारिस गर्ने र सिफारिस सूचीको टुंगो माधव र एकनाथ ढकाल लगाएर प्रधानमन्त्री देउवालाई बुझाइसकेको स्रोत दाबी छ ।बालुवाटार स्रोतले छिट्टै उनीहरुको नियुक्त गर्ने तयारी छ ।

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर तथा त्यससँग सम्बन्धित सम्पूर्ण काम कारवाहीमा निर्णय लिन्छ । पशुपति मन्दिर सञ्चालन, पशुपति क्षेत्रमा हुने जात्रा पर्व, पूजा तथा सम्पूर्ण धार्मिक कामको व्यवस्थापन, परिचालन तथा निर्णय कोषले गर्छ । त्यसैगरी पशुपति क्षेत्रको विकास निर्माण गर्ने, पशुपतिनाथको प्रचारप्रसार तथा त्यस क्षेत्रको धार्मिक गरिमा उच्च बनाउने जिम्मेवारी पनि कोषसँग हुन्छ । तर यहाँ चर्चमा काम गर्ने मान्छे घुसाएर सनातन धर्मको आस्थामाथि प्रहार गर्ने र भविष्यमा पशुपतिनाथलाई क्रिश्चियन केन्द्र बनाउने षडयन्त्र रहेको बताइएको छ ।

इन्टरफेथ ग्रुपले युनिफिकेसन चर्चको प्रचार गर्ने, चर्चको संगठन विस्तार गर्दै आएको छ । युनिफिकेसनले नेपालमा आफ्ना व्यक्तिलाई राजनीतिमा पठाएर नीतिगत र शक्तिको आडमा धर्म प्रचार गराउँदै आएको छ । युनिफिकेसनको प्रतिनिधि बनेर एकनाथ ढकालले परिवार दलबाट राजनीति गरे । मन्त्री पनि बने । अहिले उनी पनि माधव नेपालसँगै रहेको बताइन्छ ।एकनाथले नेपालमा करोडौं खर्च गरेर शक्तिको आडमा व्यापक क्रिश्चियन धर्म प्रचार गरेको बताइन्छ ।

इन्टरफेथ ग्रुपले बाह्य रुपमा धर्म समन्वय र धार्मिक सद्भाव भने पनि भित्रिरुपमा युनिफिकेशन चर्चको संगठन विस्तार गर्दै आएको छ । यहीँ रणनीति अन्तर्गत अब हिन्दूहरुको आस्थाको केन्द्र पशुपतिनाथमा प्रहार गर्न कोषको पदाधिकारी तथा सदस्यहरु इन्टरफेथ ग्रुपनिकट मानिसहहरु राखिँदै छ ।

चर्चका मान्छे राखेर माधवले कोषलाई क्रिश्चियनको नियन्त्रणमा लैजान खोजेको बुझिएको छ । इन्टरफेथ ग्रुपको नियन्त्रणमा पशुपति क्षेत्र विकास कोष गए पशुपतिनाथ पुरै चर्च र क्रिश्चियनको नियन्त्रणमा हुनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x