राजनीतिक फायदाका लागी धर्म त्यागदैन कम्युनिस्टलाई कडा सन्देश , निधि उभिए हिन्दु रास्ट्रको पक्षमा
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि सनातन धर्मतिर आकर्षित भएका छन् । विगतमा धर्म निरपेक्षताको वकालत गर्ने निधि अहिले पनि भने हिन्दु राष्ट्रकै लाइनमा आएको संकेत दिएका छन् ।
शुक्रवार संघीय संसद भवन छेउस्थित थापागाउँको बानेश्वर ब्यांक्वेटमा महाधिवेशनलक्षित ‘सम्पर्क कार्यालय’ उद्घाटन समारोहमा निधिले आफू ‘हिन्दू धर्म’को पक्षमा रहेको प्रष्ट संकेत दिए । पार्टीको सभापतिमा लड्नका लागि कार्यालय खोलेका निधिले कार्यालयको ओपनिङसँगै हिन्दुको पक्षमा उभिएको दमदार संकेत पनि दिए ।
निधिको सम्पर्क कार्यालय शुभारम्भमा पूजाअर्चना गर्न जानकी मन्दिरका महन्थ तपेश्वर दाससहित पशुपतिनाथ, दक्षिणकाली, सूर्यविनायक, डोलेश्वर महादेव, पञ्चमहालक्ष्मी, बंगलामुखी मन्दिरका पूजारी पुगेका थिए । निधि आफैंले पनि हिन्दू र बौद्ध धर्मका गुरुहरुबाट आफूले आशिर्वाद पाएको दाबी गरे । त्यसो सनातन धर्मप्रति निधिको पछिल्लो लगाव पनि अस्वभाविक छ ।
विहीवारमात्रै धार्मिक गुरु कमलनयनाचार्यसँग भेटेर निधिले आशिर्वाद लिएका थिए । निधि आफै पनि रुद्राक्ष र सयपत्री फूलको माला लगाएको अवतारमा देखिए ।
कार्यक्रममा निधिका हरेक हाउभाउले उनी हिन्दु धर्मप्रति प्रतिबद्ध मात्रै होइन यसअघि धर्मनिरपेक्षतामा लिएको लाइन भुल थियो भन्ने समेत देखाए । नेपालपाना


