चिनको कडा प्रतिकार गर्न ताईवानले लडाकु विमान खरिद गर्दै
१.४ विलियन डलर अर्थात् १ अर्ब ४० करोड (नेपाली रकम) खर्च गर्ने ताइवानको घोषणा , चीन सैन्य तयारीको सामना गर्न ताईवन तयार
ताइपेईः चीन सङ हुने तनावका बिच ताइवानले नयाँ लडाकु विमानका लागि १.४ विलियन डलर खर्च गर्ने घोषणा गरेको छ । चीनको दबाब र सैन्य गतिविधि बढ्दै जाँदा तयारी स्वरुप लडाकु विमानको लागि उक्त रकम खर्च गर्ने योजना बनाएको ताइवानले जनाएको छ । चीनले सैनिक हमला गरे कडा प्रतिकार गर्ने ताईवान्ले
चेताएको छ ।
चीनले भने ताइवान नजिकैको एक टापुमा आफ्नो सैन्य अभ्यास गर्दैआएको छ । साथै चीनले आवश्यक परेमा ताइवानको भूभाग पनि आफ्नै नियन्त्रणमा लिनसक्ने ताइवानका कुटनीतिज्ञहरुले आशंका गरेका छन् । यस अघि पटक पटक चिनियाँ सैनिक बिमानहरु ताईवान्को
हवाई सिमा प्रवेश गर्ने गरेका छ्न । चिनियाँ सैन्य विमान पटक पटक ताईवान्ले
लखेटेर आफ्न साहस देखाएको छ । अहिले ताईवान्ताले आफू अझ बलियो बनाउने उद्देश्य थप सैन्य ताकत बढाउन थालेको हो । ताइवानका राष्ट्रपति साई इङ वेनको क्याविनेटद्धारा जारी विज्ञप्ति अनुसार पछिल्लो समय चीनले आफ्नो सैन्य गतिविधि बढाइरहेको छ । आफ्नो सुरक्षाका लागि ताइवान सरकारले आगामी जनवरीदेखि लागु हुने गरी वर्षेनी १६.९ विलियन डलर सैन्य गतिविधमा खर्च गर्ने योजना बनाएको छ ।
ताईवान्ताले हरेक बर्ष आफ्नो सुरक्षा बजेट बढाउदै जादा चीनलाई तनाव थपिदै गरेको छ यस् पटक ताईवानले सुरक्षा बजेटअन्तर्गत नयाँ लडाकु विमानको लागि १.४ विलियन डलर खर्च गर्ने योजना अघि सारिएको पनि उक्त विज्ञप्तिमा उल्लेख छ ।
सन् २०१९ मा संयुक्त अमेरिकाले ताइवानलाई ८ विलियन डलरको एफ–१६ लडाकु विमान बिक्री गर्ने सम्झौता गरेको थियो । एजेन्सीहरु बाट


