१२ मंसिर २०८३, शुक्रबार

ताइवानको स्वतन्त्रताका लागि दलाईलामाको तस्बिर बोकेका ६० जना चिनियाँ प्रहरीद्वारा पक्राउ

एसीपी संवाददाता

१३ भाद्र २०७८, आईतवार ०६:२७ मा प्रकाशित

एजेन्सी । पश्‍चिम चीनको सिचुआन प्रान्तबाट प्रहरीले ६० तिब्बतीयन नागरिकलाई दलाई लामाको फोटोसहित पक्राउ गरेको छ ।

तिब्बतबाट देश निकाला गरिएका दलाई लामाको फोटोसहित चिनियाँ प्रहरीले ६० तिब्बतीलाई पक्राउ गरेको रेडियो फ्रि एसियाले जनाएको छ । चीनमा दलाई लामाको फोटोमा समेत प्रतिबन्ध लगाइएको छ । भारतबाट चीन भ्रमणमा रहेका १९ तिब्बती भिक्षु सहित ६० जना बसेको क्षेत्रमा गत आइतबार प्रहरीले खानतलासी थालेको थियो ।

खानतलासीको क्रममा ती व्यक्तिहरुसँग दलाई लामाको फोटो फेला पारेपछि प्रहरीले बुधबार पक्राउ गरेको थियो । पक्राउ परेका ६० जनालाई हाल थुनामा राखिएको बताइएको छ । ती व्यक्तिलाई अब दलाई लामाको फोटो नबोक्ने र यदी बोकेको भेटिएमा अपराधको मुद्दा लगाइने शर्तमा थुनामुक्त गरिने चिनियाँ प्रहरीले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x