१२ मंसिर २०८३, शुक्रबार

उपेन्द्र यादवका कारण संसद विघटनको खतरा मौल्याउदै , अड्कियो मन्त्री परिषद बिस्तार

एसीपी संवाददाता

१५ भाद्र २०७८, मंगलवार ०२:५७ मा प्रकाशित

भदौ १५ गते । प्रधानमन्त्री शेर बहादुरं देउवालाई अहिके मन्त्री परिषद बिस्तार मिलाउन सकस भएको छ । सत्तारुढ गठबन्धनमा माधवकुमार नेपाल र उपेन्द्र यादवले ठूलो भाग मागेपछि प्रधानमन्त्री शेरबहादुर देउवा अफ्ठेरोमा परेका हुन । देउवालाई चारै तिर दबाब बढी रहेको छ । एकातिर नेपाली काङ्ग्रेसको महाधिवेशनका लागि काङ्ग्रेस पार्टी बाट मन्त्री मिलाउनु पर्ने छ भने अर्को तिर यो गठबन्धन सहज बनाउनु छ । देउवालाई सबैतिर भागवण्डा पुर्याउन चुनौती आएपछि देउवाले अन्तिम अस्त्र संसद विघटन गरेर चुनावमा जाने खतरा बढेको कांग्रेस नेताका एक जना नेता बताए ।
आफ्नै दलको विभिन्न गुट र आफ्नै गुटमा व्यवस्थापन गर्नेबेला माधव र उपेन्द्रले धेरै मन्त्रालय मागेपछि सभापति देउवा अफ्ठेरोमा परेको एक नेताले बताए । अहिलेको अवस्थामा जसपामा पनि मन्त्री खान न पाए पार्टी फुटने सभावनाका कारण उपेन्द्र पनि जति धेरै मन्त्री मागेर पार्टी एकता जुटाउने दाउमा छन । सत्तामा सबै स्वार्थ देखिन थालेको छ ।
यसअघि भएको सहमति विपरीत माधव र उपेन्द्रले बढी मन्त्रालय र आकर्षक मन्त्रालयको दाबी गरेपछि समस्या आएको बताइएको छ । त्यसैकारण पनि बालुवाटारमा सहमति हुन सकेन ।
प्रधानमन्त्री समेत रहेका सभापति देउवाले १४औं महाधिवेशन नजिकिएकोले आन्तरिक व्यवस्थापनको विषय उठाएका छन् । सबै मन्त्रालय तपाईहरुलाई दिने हो मैले कसरी मिलाउने भनेर सत्ता गठबन्धनका नेताहरुलाई देउवाले प्रश्न गरेकान छन् । अहिले प्रधानमन्त्री देउवालाई दबाव् दिने काम भयो भने ससद विघटन एक मात्र उपाय रहेको छ ।
माधव र उपेन्द्र मात्र होइन प्रचण्डले पनि देउवाको कुरा सुनेनन् । माओवादीले ८ मन्त्रालयको दाबी गरेको छ । माओवादी पार्टीमा पनि मन्त्रीपद खानेहरुको लामो लाईन कस्लाई दिने न दिने कुरा बल्झिएको छ । माधवले कम्तिमा ६ मन्त्रालयमा दाबी गरेका छन् भने उपेन्द्र यादवले पनि माधवजति नै मन्त्री पाउनुपर्ने अडान राखेका छन् । आफुहरु पनि १९ सांसद रहेकाले माधव नेपाल बराबर नै हुनुपर्ने यादवको माग छ । जसले प्रधानमन्त्री अफ्ठेरोमा परेका हुन् । मन्त्रीको संख्यामै समस्या आएको छ । झन आकर्षक मन्त्रालयमा पनि लफडा हुन बाँकी नै छ । अब माओवादी पार्टीका , माधव कुमार नेपालको पार्टी र उपेन्द्र यादव सबैले धेरै भन्दा धेरै मन्त्रालय लिएर आफ्नो पक्षमा सासद मिलाउने बाध्यता रहेको छ । धेरै मन्त्री माग्दा देउवा अहिले तनावमा देखिन थालेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x