मैथिली तथा भोजपुरी र थारु भाषी बीच सामुदायिक सहिष्णुता भडकाउने सडयन्त्र
भदौ १६ गते । थरुहट थारुवान राष्ट्रिय मोर्चाले राज्यले मैथिली तथा भोजपुरी र थारु भाषी बीच सामुदायिक सहिष्णुता भडकाउन खोजेको आरोप लगाएका छन् ।
मोर्चाका कार्यबाहक संयोजक श्रवण थारुले सोमबार एक प्रेस बिज्ञप्ति जारी गर्दै सो आरोप लगाएका हुन् ।
मोर्चाद्वारा जारी बिज्ञप्तिमा थारु भाषामाथि पटक–पटक दमनको नीति अपनाएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रदेश २ मा थरुहटको घना बस्ती र बाक्लो उपस्थिति र आफनै भाषा, धर्म, संस्कृति हुँदाहुँदै पनि राज्यले फेरि थारु भाषालाई षड्यन्त्रपूर्वक पाखा लगाउन खोजेको भन्दै मोर्चाले आपत्ति जनाएको छ ।
थारु जाती नेपालका सम्पूर्ण तराई क्षेत्रमा आदिमकालदेखि बसोबास गर्दै आएका आदिबासी समुदाय हुन्, बिज्ञप्तिमा भनिएको छ । नेपाल निर्माणकाल अगाबैदेखि तराई क्षेत्रलाई उर्वर तथा कृषि योग्य जमिन बनाउने महत्वपूर्ण संघर्षमय इतिहास थारुकै पौरखले कायम छ, कृषि पेशामा आधारित यी सरल र सोझा समुदायका आफनै भाषा, धर्म, संस्कृति रीतिरिबाज छन् बिज्ञप्तिमा अगाडि भनिएको छ, यति धेरै ऐतिहासिक आधारहरु हुँदाहुँदै पनि राज्यले पटक–पटक थारु समुदायप्रति दमनको नीति अपनाएकोमा हाम्रो ध्यानाकर्षण भाएको छ । मोर्चाका कार्यबाहक संयोजक श्रवण थारुद्वारा हस्ताक्षरित बिज्ञप्तिमा थारु समुदायमाथि दमन कायम राखे सशक्त आन्दोलन गर्ने चेतावनी दिदै त्यसबाट हुने क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने उल्लेख गरिएको छ ।
राज्यले फेरि एकपटक षड्यन्त्रपूर्वक मैथिली तथा भोजपुरी र थारु भाषी बीच सामुदायिक सहिष्णुता भड्काउन खोजेको देखिन्छ, यस प्रति हाम्रो आपत्ति छ, थरुहट थारुवान राष्ट्रिय मोर्चाद्वारा जारी प्रेस बिज्ञप्तिमा भनिएको छ, हामी चाहन्छौं सबै भाषाभाषीको सम्मान पहिचान र जगेर्ना होस् ।
अस्तित्वमा रहेको सबै भाषा संस्कृतिप्रति समर्थन जनाउदै थारु समुदायको अस्तित्व नै सकिने गरि भएको षड्यन्त्रप्रति मोर्चा घोर भत्सर्ना गर्दछ, जारी बिज्ञप्तिमा थारुमाथि हुन लागेको भाषिक दमन नसच्चिए भाषा आयोग, नेपाल सरकार र प्रदेश २ सरकार यस्ता किसिमको भाषिक दमन विरुद्ध हुन जाने जस्तोसुकै कदमको लागि तयार रहन यसै बिज्ञप्तिमार्फत जानकारी गराउन चाहान्छौं ।


