१२ मंसिर २०८३, शुक्रबार

एसएसबीलेनै तुइन काटेको पुष्टि भएन , जयसिंह तुइनबाट खसेर महाकालीमा बेपत्ता भएका हुन

एसीपी संवाददाता

१६ भाद्र २०७८, बुधबार ०६:२८ मा प्रकाशित

भदौ १६ गते । दार्चुलाको व्यास गाउँपालिका–२, मालका, ३३ वर्षीय जयसिंह धामी तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएको घटनाको अनुसन्धान गर्न बनेको छानविन समितिले प्रतिवेदन बुझाएको छ ।
‘भारतीय सुरक्षाकर्मीको उपस्थितिमा घटना भएको देखिएकाले अनुसन्धान गर्नुपर्ने’, प्रतिवेदनमा उल्लेख छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा उक्त घटनाबारे भारतीय सुरक्षाकर्मीमाथि अनुसन्धान गर्नुपर्ने उल्लेख छ ।
गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वको समितिको प्रतिवेदनमा एसएसबीले तुइन काटेको पुष्टि हुन सकेन । एसएसबीका जबानले तुइन खुस्काएको दाबी गरिए पनि स्थलगत अध्ययनमा गएको टोलीले भने एसएसबीले नै तुइन काटेको भन्ने पुष्टि गर्न सकेन । समितिले जयसिंह तुइन चुडिएर महाकालीमा खस्दा एसएसबीको घटनास्थलमा उपस्थिति भएको तर तुइन नै काटेको भन्ने पुष्टि हुन नसकेको उल्लेख गरेको छ । यसमा थप छानविन गर्न सुझाएको छ ।

‘उक्त घटना भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा भएको देखिएकाले निजहरूको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषीउपर कानुनी कारबाही गर्न, जयसिंह धामीको परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न तथा आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालनपोषण र शिक्षादीक्षाको व्यवस्था गर्नुपर्ने,’ विज्ञप्तिमा लेखिएको छ ।“ नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x