१२ मंसिर २०८३, शुक्रबार

अफगानिस्तानमा अमेरीका लोकतन्त्र बहाल गर्न असफल

एसीपी संवाददाता

१९ भाद्र २०७८, शनिबार ०१:२९ मा प्रकाशित

भदौ १९ गते शनिबार । चीनले अफगानिस्तानमा अमेरिका लोकतन्त्र स्थापना गर्न असफल भएको आरोप लगाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भनाइको समर्थन गर्दै चिनियाँ विदेश मन्त्रालयले अफगानिस्तानमा अमेरिकाको २० वर्षे लामो अभियानका बाबजुद परिणाम ‘शून्य’ भएको बताएको हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेबिनले रुसी राष्ट्रपति पुटिनको भनाइ विचारयोग्य भएको बताएका छन् । बिहीबार पत्रकार सम्मेलनका क्रममा उनले भने, ‘राष्ट्रपति पुटिनको दृष्टिकोण सोच विचार गर्नका लागि पर्याप्त छ । अफगानिस्तानको अवस्थाले बाहिरबाट लोकतान्त्रिक ढाँचा लागू गर्न वा थोपर्न खोजिन्छ भने त्यसले केवल अराजकता र उथलपुथल ल्याउँछ भन्ने देखाएको छ ।’
पुटिनको टिप्पणीप्रति प्रतिक्रिया दिँदै वेबिनले अगाडि भने, ‘सैन्य हस्तक्षेपले केवल त्रासदी र कैयौंको ज्यान गएको छ । अमेरिकाको २० वर्षे लामो युद्धले कुनै देशमा विदेशी मूल्य थोपर्न असम्भव छ भन्ने देखाएको छ ।’ अब अमेरिकीले इमान्दारितापूर्वक आत्मसमीक्षा गर्ने आशा आफूहरुले राखेको पनि उनले बताए ।

‘अब अमेरिकी पक्षले आत्मसमीक्षा गर्नेछ र पाठ सिक्नेछ भन्ने आशा छ । आफ्नो विचारधारा र मूल्यमान्यतालाई बेच्न बन्द गर्नेछ । हरेक कुरामा दोस्रो देशमा सैन्य हस्तक्षेप रोक्नेछ । मानवअधिकारमा नाममा अन्तर्राष्ट्रिय समुदायमा विभाजन र टकराव ल्याउने काम गर्नेछैन र अफगानिस्तानमा गरेको गल्ती दोहोर्‍याउनेछैन,’ उनले भने ।

बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अफगानिस्तानमा अमेरिकाको २० वर्षे उपस्थिति दु:खद रूपमा अन्त्य भएको बताएका थिए । २० वर्षको अवधिमा अफगानिस्तानमा ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै उनले परिणाम ‘शून्य’ भएको टिप्पणी गरेका थिए । एजेन्सी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x