चीनले भूमि मिचेको छैन दावी गर्नेलाई हेलिकोप्टरमा सिमा क्षेत्रमा लैजान तयार – शाही
चीनले सिमाना मिचिरहने, हामी चुप लागेर सहीरहने हो भने कहिले पनि समस्याको समाधान हुदैन, काङ्ग्रेसका नेता शाहीले भने स्थगलगत अवलोकन नगरी काठमाडौमा बसेर चीनले सिमाना नमिचेको दावी गर्नेहरुलाई स्थलगत अवलोकन गर्न आग्रह गरे
भदौ १९ गते – शनिबार । हुम्लाका प्रदेश सभा सांसद समेत रहेका नेपाली काँग्रेसका नेता जीवनबहादुर शाहीले चीनले नेपालको सीमा मिचेको ठोकुवा गरेका छन् । सीमा मिचेको आफ्नै आँखाले समेत देखेको भन्दै प्राविधिकहरुबाट अध्ययन गर्दा अझ प्रष्ट हुने दावी गरे ।
चीन रिसाउँछ की भन्ने नाममा आफ्नो भूमि मिचिदा पनि मिचिएको छैन भन्नेहरुलाई स्थलगत अवलोकन गरेर मात्रै निश्कर्ष निकाल्न सुझाव पनि दिए । चीनले भूमि मिचेको छैन भनेर दावी गर्ने नेताहरुलाई आफ्नै खर्चमा हेलिकोप्टरमा सिमा क्षेत्रमा लैजान तयार रहेको पनि बताए ।
विगतमा आफैले बाटो बनाएको, भोगचलन गरेको र सिमाना वारी नै रहेको ठाउँमा अहिले चीनबाट अतिक्रमण भएको उनको भनाई थियो । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उनले भने, “चीनले नेपाली भूभाग मिचेको मैले नांगो आँखाले देखेको छु, त्यसका बारेमा निश्पक्ष छानविन गर्न मैले माग गर्दै आएको छ ।”
उनले आफ्नो लगातारको मागपछि सरकारले उच्चअहिलेसम्म कुनै पनि कम्युनिस्टका नेता सत्य बोल्न सकेका छैनन किन के कम्युनिस्ट सत्ताको चीन सरकार बाट डरा उस्तरीय छानविन समिति बनाएकोमा धन्यवाद दिदै यसले विवाद अन्त्य गर्न सहयोग पुग्ने विश्वास पनि व्यक्त गरे ।
“चीनले सिमाना मिचिरहने, हामी चुप लागेर सहीरहने हो भने कहिले पनि समस्याको समाधान हुदैन, विवाद झन बल्झीदै जान्छ र दुई देशबीचको सम्वन्ध थप बिग्रिन्छ,” नेता शाहीले भने। स्थगलगत अवलोकन नगरी काठमाडौमा बसेर चीनले सिमाना नमिचेको दावी गर्नेहरुलाई उनले स्थलगत अवलोकन गर्न आग्रह पनि गरे


