राप्ति गाउँपालिका नथपिने – मन्त्री चौधरी
भदौ २१ गते सोमबार । लुम्बिनी प्रदेशका पर्यटन, ग्रमिण तथा शहरी बिकास मन्त्री दिल्ली बहादुर चौधरीले अब राप्ति गाउँपालिका नथपिने बताएका छन् । २०७४ सालमा राजपत्रमा प्रकाशित राप्तीनदीको उत्तर भागलाई राप्ति गाउँपालिका र दक्षिणभागलाई सोनारी गाउँपालिका भनेर टुक्राइएको थियो । तर सरकारले कार्यान्वयन भने गरेको छैन ।
त्यो बिषयले अहिले पनि चर्चा पाइरहेको बेलामा मन्त्रि चौधरीले त्यसलाई इंगित गर्दै राप्ति गाउँपालिका नथपिने बताएका हुन् । शनिवार बाँके जिल्लाको अनुगमनका क्रममा आएका मन्त्रि चौधरीलाई नेपाली काँग्रेस राप्तिसोनारी बाँकेले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उनले राप्ति गाउँपालिका नथपिने बताएका हुन् ।
मन्त्रि चौधरीलाई राप्तिसोनारीमा भव्य स्वागत समेत गरिएको छ । राप्तिसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, कोहलपुर नगरपालिकाका उपमेयर सन्जु कुमारी चौधरीलगायत्का नेता कार्यकर्ताले भव्य स्वागत गरेका हुन् ।
दाङ्गबाट बाँके आएका मन्त्रि चौधरीलाई कुसुमबाट नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुले भव्य स्वागत गर्दै नारा र र्यालीसहित स्कर्टिङ्ग गरेर अगैया पुर्याएका थिए । स्वागत कार्यक्रममा बोल्दै मन्त्रि चौधरीले राप्ती नदीको कुसुमदेखि अगैया सम्म ¥याफ्टिङ्ग संञ्चालन गर्ने बताएका छन् ।
जसबाट कमसेकम दुई तिन सय जनाले रोजगारी पाउने मन्त्रि चौधरीको भनाई थियो । मन्त्रि चौधरीले राप्तिसोनारीको भुवारभवानी मन्दिरको दर्शनसमेत गरे । छोटो समय बोलेका मन्त्रि चौधरीले भने, हामी पानी जहाजको सपना देखाउँदैनौं, जनताको खेतखेतमा पानी पुर्याउनका लागि प्रयात्न गर्ने छौ । अब राप्तिको कटान होइन राप्तिको पानी उपयो गर्ने योजनाका साथ काम गर्ने छौ उनले भने । अब रेल होइन, राप्तिसोनारी जस्तो बिकट ठाउँको सबै रोड बनाउन हामी प्रयात्न गर्ने छौं मन्त्रि चौधरीले भने ।
१६ महिने छोटो समयमै आप्mनो सरकारले बिकासको कामको शुरुवात् गरेर अगाडी बढ्ने मन्त्रि चौधरीले जनातालाई अश्वासन समेत दिए । बिकास योजनामा मन्त्रलाय र प्रदेश सरकारले भ्याउने सम्मको बजेट बिनियोजन गरेर तपाईहरुको बिकासको सहयात्री बन्ने आश्वासन समेत मन्त्रि चौधरीले दिए ।


