७ बैशाख २०८१, शुक्रबार

नेपाल–भारतबीचको सम्बन्ध ‘भाई फुटे गवार लुटे

एसीपी संवाददाता

२१ भाद्र २०७८, सोमबार १२:५४ मा प्रकाशित

भदौ २१ गते सोमबार ।                                                                   भारतसँगको हाम्रो सम्बन्ध
कृष्ण बहादुर बिके रसाइली
कुनैपनि घरपरिवार होस वा समाज या राष्ट्रलाई दीर्घकालीन रुपमा विकास र शान्तिको बाटोमा लैजान छिमेकीको महत्वपूर्ण भूमिका रहेको हुन्छ । हाम्रा बुढापाखाको भनाई नै छ ‘असल छिमेकीसँग भाषा संस्कृति परम्परा र व्यवहारिक पक्ष मिलेन भने त्यस्तो छिमेकीमा विवाद र द्वन्द्व भई रहन्छ’, हो त्यस्तै छिमेकीसँग जीवनयापनदेखि खानपान र हाम्रा बानिब्यहोरा मिल्न जरुरी छ ।

त्यस्तै अहिलेको विद्येमान समय भनेको रितिरिवाज, परम्परा, भेषभुषा, खानपान र पारिवारिक सम्बन्ध रहेको नेपालको छिमेकी राष्ट्र भारत र नेपालको सम्बन्धका विषयमा चर्चा गर्ने बेला आएको छ । किनकी नेपाल र भारतको सम्बन्धका विषयमा कुरा गर्दा चेलिबेटीको नातादेखि भाईचारा, खानपान, संस्कृति रहनसहन सबै एउटै धारमा रहेका छन् । तर अहिलेको अवस्था हेर्दा नेपाल–भारतबीचको सम्बन्ध ‘भाई फुटे गवार लुटे’ भन्ने उखान झै भएको छ ।

अहिले अवस्थाका बारेमा वास्तवमा भन्नुपर्दा नेपाल र भारतका आम नागरिक र राजनैतिक दलहरुका बीच विवाद स्थापना गरी द्वन्द्व सृजना गर्ने र वर्षौदेखिको सम्बन्धलाई बिगारर्ने प्रयास कहाँबाट र कसरी भई रहेको छ, विषयमा खोजी गर्ने बेला हो ।

नेपाल र भारतबीचको सम्बन्ध सांस्कृतिक परम्परा र चेलिबेटीको सम्बन्धमा मात्रै सिमित रहँदैन । भारतको अग्रेज भगाउ आन्दोलन, सीमा विवाद होस वा त्यो २००७ सालदेखिको परिवर्तनका आन्दोलनहरुमा नेपाल–भारतको सम्बन्ध र सहयोग रहँदै आएको छ । तर यतिबेला नेपाल र नेपालीका बीच चिनिया गतिविधि हावि हुँदै आइरहेको देखिन्छ ।

संस्कृति परम्परा भेषभुसा नमिलेता पनि व्यापारका पक्षमा चिनिया गतिविधि नेपालमा बढी रहेको छ । व्यापार कुनैपनि राष्ट्रका लागि आर्थिक उन्नती र विकासका लागि मेरुदण्डका रुपमा मानिन्छ । तर व्यापारसँगै चीन र पश्चिमी मुलुकहरुको सामाजिक, परम्परा, रितिरिवाजले नेपाल र भारतमा पनि प्राथमिकता पाएको छ । जसको परिणाम सम्पूर्ण युवाहरु दिनानुदिन कुलतमा फसी रहेका छन् । आमा बुबा र आफूभन्दा अग्रजहरुप्रति गरिने सम्मान सद्भावहरु हराउँदै गई रहेको छ ।

विभिन्न किसिमका हत्या, हिन्सा, बलात्कार, अपमान, छाडापन, अस्वस्थकर खानपान र अस्वास्थ वस्तुलाई खाद्य बनाएर नेपालीहरुका बीच मौलाइएको छ । आफ्नो संस्कृति परम्परा संस्कार, नैतिकवान र भेषभुसा रहेको शान्तिपूर्ण देश नेपालमा यसरी भाषा संस्कृति कूनैपनि कुरा नमिल्ने छिमेकी राष्ट्रको बढ्दै गएको अवस्थामा सरकार नागरिक समाज, राजनैतिक दल सामाजिक संघ–संस्था, आम नेपालीहरु सतर्क र सजक हुन जरुरी रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x