१२ मंसिर २०८३, शुक्रबार

भारतले पाम आयल फुकुवा गर्दा नेपाली ब्यापारी हर्सित बढयो ब्यापार ब्यवसाय

एसीपी संवाददाता

२२ भाद्र २०७८, मंगलवार ०१:३९ मा प्रकाशित

भदौ २२ गते मंगलबार । विराटनगर — भारतले पाम आयल फुकुवा गरेपछि विराटनगर भन्सार नाकाबाट निर्यात सुरु भएको छ । साउनमा २ अर्ब ८३ करोड रुपैयाँको भटमासको तेल र ८२ करोड १६ लाख रुपैयाँको पाम आयल निर्यात भएको भन्सार अधिकृत अमित तिवारीले जानकारी दिए ।

साउनमा ८२ करोड १६ लाखको ४३ लाख २३ हजार लिटर पाम आयल निर्यात भएको हो । भारतले पाम आयलमा एक वर्षअघि रोक लगाएर गत असारमा खुला गरेको थियो ।
जोगबनी नाकाबाट २०७५र७६ मा ४ अर्ब ५० करोड ३४ लाख रुपैयाँको ४१ हजार ३ सय ५७ टन पाम आयल भारत निर्यात भएको थियो । सोही आर्थिक वर्षको साउनमा २ अर्ब ८३ करोड ३८ लाख रुपैयाँको भटमास तेल निर्यात भएको छ । सोही महिनामा भने ८० करोड १० लाख मूल्यको ६० लाख ४३ हजार लिटर पाम तेलको कच्चा पदार्थ आयात भएको छ ।

चालु अर्थिक वर्षमा २ अर्ब ७४ करोड ६२ लाख रुपैयाँको १ करोड ७१ लाख ४० हजार लिटर भटमास तेलको कच्चा पदार्थ आयात भएको छ । पाम र भटमास तेलको कच्चा पदार्थ आयात गरेर प्रशोधित तेल निकासी हुन्छ । २०७५र७६ मा १ अर्ब ६ करोड ५५ लाख रुपैयाँ र आर्थिक वर्ष २०७६र७७ मा ४ अर्ब २६ करोड ६३ लाख रुपैयाँको भटमास तेल निर्यात भएको तथ्यांक छ । २०७७र७८ मा १५ अर्ब ६७ करोड ३१ लाखको तेल निर्यात भएको थियो । नेपालका उद्योगीले साफ्टा सम्झौताअन्तर्गत शून्य प्रतिशत भन्सार महसुलमा सूर्यमुखी, भटमास र पाम तेल निर्यात गरिरहेका छन् । ईकान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x