कुबेतमा मदीराको अबैध कारोबारमा संलग्न ४ जना नेपाली पक्राउ

भदौ २४ गते बिहिबार । कुबेतमा मदीराको अबैध कारोबारमा संलग्न ४ जना नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । त्यसमध्य एक नेपाली मस्ट वान्टेडको सुचीमा समेत रहेका नेपाली थिए । कुवेतको हवालीस्थीत ९ फ्लाटको विशाल मदिरा कारखानामा छापा मार्दा ति नेपाली पक्राउ परेका हुन । उक्त ९ ओटा फ्लाटलाई मदिरा उत्पादन कारखाना कारखानाको रुपमा सञ्चालन गरिरहेको सुचना आएपछि त्यहां छापा मारीएको थियो ।उक्त क्षेत्रमा मदिरा उत्पादन गर्ने कारखाना छ भन्ने गोप्य सुचनाको आधारमा हवाली नगरपालिका र सुरक्षाकर्मिको संयुक्त टोलीले छापा मार्दा ति नेपाली पक्राउ परेका हुन् । प्रहरी सहितको टोलीले उक्त क्षेत्रलाई घेरा हाली नियन्त्रणमा लिइएको थियो । नेपालीद्वारा सञ्चालित मदिरा कारखाना भित्र वरिपरि पुरै रक्सी पोखिएको, सयौं ब्यारेल मदिरा उत्पादनका लागि कच्चापदार्थ र बिक्री गर्न तयार गरिएका सयौं बोतल रक्सी समेत बरामद गरिएको छ । पक्राउ पर्नेहरुको नाम खुलाईएकौ छैन , यधपी पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि पठाइएको छ । अरब देशमा रक्सी उत्पादन अनि कारेबार गर्ने काम अबैध मानीन्छ । बेलाबखत नेपाली भारतीय लगायत एशीयाली देशका नागरीक यस्ता खालका गतीबिधीमा संलग्न भएको भन्दै गुनासो आएपछि अपरेशसन गर्ने गरैको कुबेत प्रहरीको भनाई छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments