१२ मंसिर २०८३, शुक्रबार

नाराबाजीकाबीच प्रतिनिधिसभाको दोश्रो बैठकमा बजेट सम्बन्धी अध्यादेश पेश

एसीपी संवाददाता

२५ भाद्र २०७८, शुक्रबार १२:२४ मा प्रकाशित

भदौ २५ गते शुक्रबार । प्रमुख विपक्षी नेकपा एमालेको नाराबाजीकाबीच प्रतिनिधिसभाको दोश्रो बैठकमा बजेट सम्बन्धी अध्यादेश पेश भएको छ ।


शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई बजेटसम्बन्धी अध्यादेश पेश गर्न समय दिनुभएको थियो । बैठकमा मन्त्री शर्माले पेश गर्नुभएको आर्थिक अध्यादेश, २०७८ , राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र बिनियोजन अध्यादेश २०७८ स्वीकृत भएको छ । त्यसअघि सभामुख सापकोटाले  नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवाललाई उक्त अध्यादेश अस्वीकारको प्रस्ताव पेश गर्न समय दिनुभएको थियो । सुवालले भने नाराबाजीका बीच विरोधको सूचना पेश नगर्ने बताउनुभएको थियो । तर अध्यादेश पेश नगर्दा फिर्ता लिएको भन्ने ठानिने भएकाले सभामुखले प्रक्रिया अघि बढाउनुभएको थियो ।

बजेटसम्बन्धी अध्यादेश स्वीकृत भएसंगै वर्तमान सरकारलाई नयाँ बजेट ल्याउने बाटो खुलेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x