मृत अवस्थामा भेटिएकी सिता भण्डारीको मृत्यु शंकास्पद दोषीलाई कार्यवाही गर्न माङ

२८ गते भदौ २०७८ सोमबार । एसीपी न्युज – एक हत्या अघि मृत अवस्थामा भेटिएकी सिता भण्डारीको मृत्यु शंकास्पद रहेको भन्दै छानविन गरी दोषी माथि कारबाहीको माग गर्दै मृृतकका आफन्तले आइतवार रुपन्देहीको तिलोत्तमाको मणिग्राम चोकमा प्रदर्शन गरेका छन् ।

स्थानीय सरकारले समेत न्याय दिनुको साटो घटनालाई लुकाउन खोजेको आरोप लगाउदै मृतकका माइती पक्षले प्रदर्शन गरेका हुन् । तिलोत्तमा नगरपालिकाका मेयर,उपमेयर,सदस्यहरु कसैले पनि घटनाको छानबिनका लागी सहयोग नगरेको भन्दै सिता भण्डारीका माइती पक्षले सडकमा आउन बाध्य भएको जनाएको छ । शवको प्रकृति र घटनाक्रम हेर्दा आत्महत्या हुन नसक्ने दावी पनि उनीहरुले गरेका छन् ।

तिलोत्तमा–८ मणिग्राम चार नम्बरमा २ बर्षअघि बिबाह भएकी सीता भण्डारी  आफ्नै घरमा मृत भेटिएकी थिईन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments