१६ चैत्र २०८०, शुक्रबार

जम्मु कश्मिरमा स्वतन्त्रताको सास फेर्न पाएका छन् भने शान्ति महसुस

एसीपी संवाददाता

२८ भाद्र २०७८, सोमबार ०२:३३ मा प्रकाशित

२८ गते भदौ २०७८ सोमबार । श्रीनगर – जम्मु काश्मीर केन्द्र प्रशासित राज्यको रुपमा पहिचान गरिएपछि यहाँका नागरिकहरुले स्वतन्त्रताको सास फेर्न पाएका छन् भने शान्तिको महसुस गरिरहेका छन्। शान्ति स्थापना भएसँगै जम्मु काश्मीरका विभिन्न मेला महोत्सव तथा अन्य विभिन्न कार्यक्रमहरु गर्न थालिएका छन्।

यसैबीच श्रीनगरको शाह कलंदर लोक थिएटरमामा एक स्थानीय लोक क्लबले केन्द्रीय संस्कृति मन्त्रालयको सहयोगमा तीन दिनको जश्न ए कश्मीर लोक नृत्य महोत्सवको आयोजना गरेको हो।

महोत्सवले जम्मु र काश्मीरमा पुरानो लोक नृत्य संस्कृति लाई पुनर्जीवित गर्नको लागि एक ठूलो भूमिका खेलेको छ। यसले लोक नृत्य र लोक थियटरका कलाकारहरुलाई आफ्नो प्रतिभाको प्रदर्शनको लागि एक मञ्च प्रदान गरेको छ।

यस कार्यक्रमले कोरोना महामारीबाट प्रभावित भएका कलाकारहरुलाई थोरै भए पनि आम्दानीको स्रोत जुटाइ दिएको छ। अगस्त ३० बाट सुरु भएको महोत्सव कोभिड प्रोटोकल र यहाँको टागोर हलमा सीमित दर्शकहरुको सामाजिक दूरीको पालना गरि राखिएका छन्।

“यस महोत्सवको माध्यमबाट स्थानीय कलाकृतिहरुलाई एक प्लेटफर्म दिइयो । कलाकारहरुलाई कोभिड १९ को कारण ठूलो नोक्सानी भएको छ। त्यस्ता महोत्सवले कलाकारलाई आफ्नो ब्रेड बटर कमाउन र आफ्नो गुमाएको रोजगारी पुनः प्राप्त गर्न मद्दत गर्दछ,“ महोत्सवका आयोजक गुलजार अहमद भटले भने।

परवेज मीर, एक दास्तान कलाकार, गायक, र वाद्य यंत्रले यस महोत्सवले उनीहरुको संस्कृतिबारे जागरूकता पैदा गर्ने बताएका छन्।

“विगत दुई वर्षदेखि हामी कोभिड १९ महामारीको चपेटामा छौं। यस्तो महोत्सव दुई बर्षपछि हुँदैछ। हामी खुसी छौं कि यो महोत्सव आयोजना गरिएको छ,“ उनले भने।

“विगतमा रेडियो र टेलिभिजन त्यति लोकप्रिय थिएनन् जसले लोक थियटर र नृत्यलाई जन्म दियो। लोक थियटर र लोक नृत्यले मानिसहरुको मनोरञ्जनका साथै उनीहरुको दैनिकीको समस्यालाई उजागर गर्नमा ठूलो भूमिका खेलेको थियो। आज मलाई खुशी लागेको छ कि हामीले आफ्नो प्रतिभा देखाउने एउटा प्लेटफर्म पाएका छौं। यस कार्यक्रमको फाइदा यो हो कि यसले हाम्रो संस्कृतिको बारेमा जागरूकता फैलाउनेछ र कलाकारहरुलाई त्यस्ता महोत्सवहरु को माध्यम बाट काम र रोजगार प्राप्त हुनेछ,“ परवेजले थपे।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x