कोरोनाको डेल्टा भेरियन्ट दक्षिण पूर्वी चीनका शहरहरुमा फैलिदै

२९ गते भदौ २०७८ मंगलबार । कोरोनाको डेल्टा भेरियन्टले दक्षिण पूर्वी चीनका शहरहरुमा स्थिति बिग्रिएको छ। फुजियान प्रान्तमा कोरोना तिब्र गतिमा बढिरहेको छ। यहाँ यात्रा प्रतिबन्ध कडा बनाइएको छ।

चिनियाँ स्वास्थ्य अधिकारीहरुका अनुसार फुजियान प्रान्तमा चार दिनमा कोरोना संक्रमितको संख्या ५० बाट १०२ पुगेको छ । सियामेन र पुटिन शहरहरुमा कोरोना छिटो बढेको छ । यी दुबै शहरहरुमा केहि स्थानहरुमा लकडाउन गरिएको छ । फुजियान प्रान्तमा पुटिनको शहरबाट कोरोना सुरु भएको हो । बढ्दो कोरोनाको कारण चीनले धेरै शहरहरुमा रेल सेवा सहित केहि नियमित उडानहरु बन्द गरेको छ । कोरोनाका कारण अगस्ट महिनामा चीनको हवाई यातायातमा ५१.५ प्रतिशतको गिरावट आएको थियो। चिनको वुहानबाट शुरु भएको कोरोना संक्रमण अहिले बिश्वका थुप्रै देशमा फैलिएको छ । पटक पटक अनिश्चितकाल बन्दका कारण विभिन्न देशहरु अर्थतन्त्र धरासायी बन्दै गएको छ । अहिलेसम्म संक्रमण कहाँ बाट के कारणले फैलिएको भन्ने पुष्ठि भएको छैन । विश्व स्वास्थ्य संगठनले चिनको वुहा स्थित रहेको ल्याब बाट कोरोना संक्रमण फैलिएको हुन सक्ने बारे अनुसन्धान गर्न खोज्दा चीनले रोक लगाउदै आएको छ । संक्रमणलाई रोक्न चीन सबै भन्दा सफल भएको दाबी गरे पटक पटक चीनमा पनि अलग अलग स्थानमा फेला परेको छ । पहिलो चरण अनि दोश्रो चरणको संक्रमण भारतमा र अब तेस्रो लहर आउने खतरापूर्ण रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments