नगरको सरसफाइमा विद्यार्थी हरुको भुमिका अहम हुनुपर्ने :नगर प्रमुख शाह

२९ गते भदौ २०७८ मंगलबार । कृष्णनगर, कपिलवस्तु
सामान्य अवस्था वा कोभिड महामारी: बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी “ भन्ने राष्ट्रिय नाराका साथ राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा कृष्णनगर नगरपालिकाको सभा हलमा बाल बालिकाहरू संग अन्तर क्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कृष्णनगर नगरपालिकाको आयोजना तथा कृष्णनगर नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत विजय कुमार कार्की को अध्यक्षता, प्रमुख अतिथिमा कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह, अतिथि हरूमा लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, शान्ति पुनर्स्थापना गृह कपिलवस्तु संयोजक निशु पन्थी, आफन्त नेपाल कपिलवस्तु संयोजक केशर विश्वकर्मा, वडा अध्यक्ष संजय कुमार गुप्ता, वडा अध्यक्ष छेदी प्रसाद यादव,वडा अध्यक्ष मोहम्मद मोवीन खां, जाहिर आजाद झण्डानगरी रहनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहले बाल अधिकार संरक्षण हामी सबैको दायित्व रहेको बताउदै नगरको सरसफाइमा विद्यार्थी हरुको भुमिका अहम हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपाली ले बाल बालिका हरूको सर्वांगीण विकासमा आमाको भूमिका महत्वपूर्ण रहेको बताउदै अनुसासन नै बाल बालिका तथा विद्यार्थी हरूको गहना रहेको भन्ने भाव व्यक्त गर्नुभयो।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत विजय कुमार कार्की ले उपस्थित सबैमा धन्यवाद दिदै बाल बालिका हरुको विकासका लागि नगरपालिका ले बजेट छुट्याएको बताउदै बाल बालिका हरूको उज्जवल भविष्यको कामना समेत गर्नुभयो ।

कार्यक्रम स्वागत तथा शुभकामना कृष्णनगर नगरपालिका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा उपाध्याय ले गर्नुभयो साथै कार्यक्रममा युनिसेफका प्रकाश कैनी ले प्रशिक्षकको भुमिका निर्वाह गर्नुभयो ।
उक्त कार्यक्रममा विद्यार्थी, शिक्षक, समाजसेवी, शिक्षा प्रेमी, वुद्धजीवी, पत्रकार, कर्मचारी लगायत अन्यको उपस्थित थियो ।
कार्यक्रम संचालन ईश्वरी प्रसाद पौडेल ले गर्नुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments