आज ओलिको रुपन्देहीमा सभा सम्बोधन

३० गते भदौ २०७८ बुधबार । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बुटवल आउन लागेका छन्। रुपन्देहीका एमाले अगुवा कार्यकर्ता भेलालाई उनले सम्बोधन गर्नेछन् । अहिले ओलि राजनीतिक दौडमा छ्न ।

सभामुख सापकोटाले निष्पक्ष भएर काम गर्न नसकेका कारण संसद् अवरुद्ध – ओलि


केही दिनयता देशदौडाहमा निस्केका ओलीले मंगलबार आफ्नो गृहजिल्ला झापामा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गरेका थिए। झापाको भेला ओलिले माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड माथी व्यापक आरोप लगाउदै नेकपा बिभाजनको आरोप लगाए साथै आज पनि तेहि क्रम जारी रहेने आशा गरिएको छ ।

Home Breaking News
सभामुख सापकोटाले निष्पक्ष भएर काम गर्न नसकेका कारण संसद् अवरुद्ध – ओलि
एसीपी संवाददाता -२९ भाद्र २०७८, मंगलवार १४:२३

13
Shares
facebook sharing buttontwitter sharing buttonpinterest sharing buttonsharethis sharing button
२९ गते भदौ २०७८ मंगलबार । प्रमुख प्रतिपक्षी दल (नेकपा एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भएर काम गर्न नसकेका कारण संसद् अवरुद्ध गरिएको दावी गर्नुभएको छ ।

नेकपा एमाले झापाले मंगलबार विर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उहाँले एमालेविरुद्ध षड्यन्त्र गरिएकाले र सभामुख दलका कार्यकता भएर काम गरेकाले संसद् अवरुद्ध गरिएको दावी गर्नुभएको हो । उहाले केहि सांसदहरुलाई एमालेले कारवाही गरेको भन्दै गैरसांसद सहभागी बैठक सञ्चालन हुन नसक्ने स्पष्ट पार्नुभयो । अध्यक्ष ओलीले एमालेलाई फुटाउनका लागि नै षडयन्त्रपूवर्क पूर्वनियोजित रुपमा संसद बन्द गरेर अध्यादेश ल्याएको आरोप लगाउनुभयो । उहाले माधव नेपाललाई साथ दिन अन्य दलहरुले गैरसंवैधानिक काम गरेको जिकिर गर्नुभयो । आगामी निर्वाचनबाट एमाले पुनः सत्तामा फर्किने भन्दै अध्यक्ष ओलीले एमालेको विजय यात्रालाई कसैले रोक्न नसक्ने तर्क गनुएभयो ।

उहाले वर्तमान सरकार निर्माण भएको २ महिनामा पनि पुर्णता नपाएको भन्दै अहिलेको सरकारले बहुमुल्य समय खेर फालीरहेको बताउनुभयो । भेलामा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेकालाई अध्यक्ष केपी शर्मा ओलीले स्वागत समेत गर्नुभएको थियो ।
ओलीले गृहजिल्ला झापा पुगेर पूर्व सहयोद्धाको चर्को आलोचना गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष धोकेबाज नेताको संज्ञा दिएका उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कमरेड नभन्न आग्रह गरे ।
मंगलार गृह जिल्ला झापामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमाले फुटेको नभई माधव नेपाल चोइटिएको बताए । पिलो निचारिँदैमा वजन घटेको हुन्न भन्ने गायक जीवन शर्माको गीत स्मरण गर्दै उनले भने, ‘पिलो टनटनी पाक्दै थियो, फुत्त निस्किएर गयो ।’
बुटवल देवीनगर एन्फा मैदानमा हुने भेलामा जिल्लाका १६ वटै स्थानीय तहका १५ हजारभन्दा बढी अगुवा कार्यकर्ता सहभागी हुने प्रचार विभाग प्रमुख मोहन चापागाईंले बताए।

भेलालाई पार्टी अध्यक्ष ओलीसहित उपमहासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, केन्द्रीय सदस्य महेश बस्नेत लगायतले सम्बोधन गर्ने एमाले लुम्बिनी प्रदेका सचिव भूमिश्वर ढकालले बताए ।

भेला सम्पन्न गर्न जिल्लाका सबै कमिटी र संगठनहरु परिचालन गरिएको तथा ब्यवस्थापकीय तयारी सबै पूरा भएको जिल्ला अध्यक्ष शिवराज सुवेदीले बताए ।

एमाले लुम्बिनी प्रदेश कमिटी बैठकले पार्टी विभाजनका नाममा अलमलमा परेका नेता कार्यकर्तालाई स्पष्ट पार्न निर्देशन दिए बमोजिम जिल्लामा बृहत् भेला आयोजना गरिएको सुवेदीले बताए।

मंगलबार प्रदेशको अर्घाखाँची, पश्चिम नवलपरासी र कपिलवस्तुमा यस्तो भेला आयोजना गरिएकोमा बुधबार रूपन्देही र गुल्मीमा तयारी गरिएको छ । गुल्मीमा एमाले सचिवद्वय प्रदीप ज्ञवाली र गोकर्ण विष्टले सम्बोधन गर्नेछन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments