१२ आश्विन २०८३, सोमबार

भारतले कोरोना विरुद्धको खोप अक्टोबरदेखि डिसेम्बरसम्म विभिन्न देशलाई दिने तयारीमा

एसीपी संवाददाता

५ आश्विन २०७८, मंगलवार ०२:२७ मा प्रकाशित

५ गते असोज २०७८ मंगलबार । कोरोनाविरुद्धको खोप निर्यातमा लगाएको रोकलाई भारतले अक्टोबरदेखि खुलाउने तयारी गरेको छ । केन्द्रीय स्वास्थ्यमन्त्री मनसुख मंडावियाले अर्को महिनाबाट ‘भ्याक्सिन मैत्री’ कार्यक्रम थालिने बताएका हुन् ।भारतले अप्रिलसम्ममा ९० देशलाई ६ करोड बढी मात्रा निर्यात गरेको थियो तर दोस्रो लहर बढेपछि रोक लगाएको थियो । त्यही बेला नेपालले भारतसँग खरिद गरिसकेको १० लाख कोभिसिल्ड खोप अहिलेसम्म पाउन सकेको छैन ।

सञ्चारकर्मीसँग सोमबार कुरा गर्दै उनले खोप निर्यात खुलाउने तयारी रहेको बताएका छन् । देशभित्र आफ्ना नागरिकलाई खोप लगाउने विषय पहिलो प्राथमिकतामा रहेको र त्यसमा सफलता प्राप्त भइरहेको उल्लेख गरे । अक्टोबरमा ३० करोडभन्दा बढी र अर्को महिनामा एक सय करोड खोपको मात्रा भारत सरकारले प्राप्त गर्ने जानकारी उनले दिए ।
अहिलेसम्म भारतमा खोप ८१ करोडभन्दा बढी मात्रा खपत भइसकेको उनले बताएका छन् । अब आफूलाईभन्दा बढी हुने खोप अक्टोबरदेखि डिसेम्बरसम्म तीन महिनाभित्र विभिन्न देशमा निर्यात गरिने उनले उल्लेख गरेका छन् । ‘भ्याक्सिन मैत्री’ कार्यक्रमलाई प्रारम्भ गरिने र त्यसअन्तर्गत आवश्यक भएका देशलाई भ्याक्सिन निर्यात गरिने उनले जानकारी दिएका छन् ।एजेन्सी बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
trackback

[…] कोभिसिल्ड तत्काल आउनेभारतले कोरोना विरुद्धको खोप अक्टोबरद… […]

1
0
Would love your thoughts, please comment.x
()
x