१२ मंसिर २०८३, शुक्रबार

चीनले उइगर मुस्लिमहरूलाई नियन्त्रणमा राखेर जबरजस्ती बलात्कार गर्ने, कुटपिट गर्ने, सुँगुरको मासु खान बाध्य पार्नेलगायतका गतिविधि गरेको आरोप

एसीपी संवाददाता

७ आश्विन २०७८, बिहीबार १७:०८ मा प्रकाशित

७ गते असोज २०७८ बिहीबार । आतंकवादी समूह तालिबानले अफगानिस्तानमो कब्जा गरेपछि अफगानिस्तानमा रहेको विदेशी नागरिकहरूलाई विभिन्न मुलुकहरूले फिर्ता लैजाने क्रम शुरु गरेका थिए।

यसरी विभिन्न मुलुकहरूले अफगानिस्तानबाट आफ्नो नागरिक फिर्ता लगेसँगै अफगानिस्तानमा निर्वासित जीवन बाँचिरहेका उइगरहरूलाई फिर्ता बोलाउने चिन्ता बढेको थियो। चीनमा प्रायः निर्वासनमा रहेका उइघुर कार्यकर्ताहरूलाई पूर्वी तुर्कस्तान इस्लामिक आन्दोलन (ईटीआईएम)को सदस्यको रुपमा चिनाउँछ।

चीनले उइगर स्वायत्त क्षेत्र सिन्जियाङमा रहेको उइगरहरूलाई चीनले हिरासतमा राखेर यातना दिने गरेको छ। चीनले उइगरहरूलाई नियन्त्रणमा राखेर जबरजस्ती श्रममा लगाउने, बलात्कार गर्ने, कुटपिट गर्ने, सुँगुरको मासु खान बाध्य पार्नेलगायतका गतिविधिहरू गरिरहेको छ।

चीनको उक्त व्यवहारका कारण कयौं उइगरहरू बेपत्ता भएको छन्। तालिवानको कब्जापछि अफगानिस्तानमा रहेको उइगहरू पनि सुपुर्दगीको त्रासमा रहेका थिए। तर, अफगानिस्तानमा उइगरहरू नभएको तालिबानी प्रवक्ताले बताएका छन्।

रेडियो फ्री एशियाले एक तालिबानको हवाला दिँदै रिपोर्ट गरेको छ, चीनले आफ्नो सुदूरपश्चिमी सिनजियाङ क्षेत्रमा मुस्लिम जातीय अल्पसंख्यकमाथि बढ्दो कठोर शासनको औचित्यको रूपमा प्रयोग गर्दै तालिबानले उइगरहरू नभएको बताएको छ।एजेन्सी बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x