१८ आश्विन २०८३, आईतवार

सन्दीपको टिम (ईपीएल)को पहिलो खेलमा बिजयी

एसीपी संवाददाता

९ आश्विन २०७८, शनिबार ११:३७ मा प्रकाशित

०९ गते असोज २०७८ शनिबार । खेल समाचार – त्रिवि अन्तर्राष्ट्रिय मैदानमा जारी संस्करणको पहिलो खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौँले ललितपुरलाई ७ विकेटले पराजित गरेको छ । पहिलो खेलमा सन्दीपको एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल)को पहिलो खेलमा शनिबार काठमाडौँ किंग्स ११ ले ललितपुर प्याट्रियसमाथि शानदार जित हात पारेको हो ।

पहिला ब्याटिङ गरेको ललितपुरले ८ विकेट गुमाए १५७ रन बनाएको थियो । जवाफमा काठमाडौँले ३ विकेट गुमाएर १४ ओभर २ बलमा लक्ष्य भेट्टायो । काठमाडौँको जितमा विदेशी खेलाडी ¥यान ब्रुलले ३४ बलमा ७३ रनको विस्फोटक ब्याटिङ गरे । यस्तै नेपाली खेलाडी राजु रिजालले नटआउट १९ रनको योगदान दिए भने विदेशी खेलाडी रमल्लाह गुरबाजले ३६ बलमा ५९ रनको योगदान दिए ।

काठमाडौँका ओपनर नेपाली खेलाडी सुवास खकुरेल शून्यमा आउट भएका थिए । यस्तै अमित श्रेष्ठले मात्र ४ रन बनाए ।

ललितपुरका लागि पवन सर्राफले १ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको ललितपुरले खराब शुरुआत गरेको थियो । नेपाली स्टार ओपनर कुशल भुर्तेल शून्यमा आउट भए भने विदेशी खेलाडी सनदुन वीराक्कोडीमात्र २ रनमा आउट भए । यसपछि विदेशी खेलाडी ओसिन्डा फर्नान्डो ४ र शंकर राना १४ रनमा आउट भए ।

खराब ब्याटिङ गरेको ललितपुरलाई पवन सर्राफले ६१ रन बनाउँदै सम्मानजनक स्कोरसम्म पु¥याएका थिए । काठमाडौंका लागि जितेन्द्र मुखियाले ४ विकेट लिएका थिए भने सन्दीप लामिछाने विकेटबिहीन बनेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x