पाकिस्तानका विदेश मन्त्री कुरैशी अत्याचारी हुन भन्दै लण्डनमा विरोध प्रदर्शन
११ गते असोज २०७८ सोमबार । पाकिस्तानका विदेश मन्त्री शाह महमूद कुरैशी लण्डन पुग्ने बेला पाकिस्तानको कब्जामा रहेको कश्मीरका कार्यकर्ताहरुले चर्को विरोध प्रदर्शन गरेका छन । बेलायतको तीनदिने औपचारिक भ्रमणमा कुरेशी आइतबार लण्डन पुगेपछि काश्मिरका मानिसहरु बलुच र सिन्धी कार्यकर्ताहरुले ब्यापक विरोध प्रदर्शन गर्दै नाराबाजि समेत गरेका थिए ।
बिदेश मन्त्री कुरैशी आइपुग्ने बित्तिकै, राष्ट्रिय समानता पार्टी जम्मू कश्मीर गिलगिट बाल्टिस्तान र लद्दाख ( एनईपी जेकेजीबिएल ) का सज्जाद राजाको नेतृत्वमा कश्मीरी पाकिस्तानी उच्चायुक्तको निवास अगाडि जम्मा भएका थिए ।
प्रदर्शनकारीहरुले पाकिस्तानी कब्जामा रहेका कश्मीरीहरु विरुद्ध पाकिस्तानी अत्याचारको , हत्याका बिरुद्ध नारा लगाएका थिए।
उनले पाकिस्तानलाई आधारभूत अधिकार माग्नेहरुको अपहरण र हत्याको लागी जिम्मेवार बनाउनुपर्ने माग गरे। प्रदर्शनकारीहरुले पाकिस्तानी सुरक्षा एजेन्सीले उनीहरुलाई जबरजस्ती बेपत्ता बनाएको आरोप लगाएका छन्। प्रदर्शनकारीहरुले भने कि कश्मीर र गिलगिट-बाल्टिस्तानका जनतालाई आधारभूत राजनीतिक अधिकारबाट वञ्चित गरिएको छ। त्यसको हामी कडा बिरोध गर्दै आउने दिनहरुमा थप बिरोध कार्यक्रमहरु बिश्व फैलाउने पनि बताए । एजेन्सीबाट


