१२ आश्विन २०८३, सोमबार

चिनियाँ फोन , डिभाइसबाट सेन्सरसिपको खतरा ; देशको सुरक्षामा चुनौती फोन फ्याक्न निर्देशन

एसीपी संवाददाता

१२ आश्विन २०७८, मंगलवार ०४:३२ मा प्रकाशित

१२ गते असोज २०७८ मंगलबार । युरोपेली मुलुक लिथुआनियाको सरकारले आफ्ना नागरिकलाई चिनियाँ स्मार्टफोन प्रयोग नगर्न अपील गरेको छ । आफूसँग भएका चिनियाँ स्मार्टफोन फ्याँकिहाल्न र भविष्यमा कुनै पनि चिनियाँ स्मार्टफोन खरिद नगर्न सरकारले जनतालाई आग्रह गरेको हो ।

लिथुआनिया सरकारको एक सरकारी रिपोर्टमा चिनियाँ फोन तथा अन्य डिभाइसबाट सेन्सरसिपको खतरा भएको पनि दाबी गरिएको छ ।

त्यहाँको रक्षा मन्त्रालयले एक अपील जारी गर्दै जनताहरुलाई चिनियाँ फोन खरिद गर्नबाट बाँच्न र आफूले चलाइरहेको भएमा तत्कालै बन्द गर्न आग्रह गरेको छ ।

लिथुआनियाको रक्षा मन्त्रालय अन्तर्गतको साइबर सुरक्षा केन्द्रले चिनियाँ स्मार्टफोन कम्पनी शाओमी कर्पले युरोपमा बिक्री गर्ने फ्लागसिप फोनमा फ्री तिब्बत, लंग लिभ ताइवान इन्डिपेन्डेन्स तथा डेमोक्रेसी मुभमेन्टजस्ता शब्दहरुमाथि सेन्सर लगाउन तथा त्यस्ता शब्दहरु कहाँ र कसले फोनमा प्रयोग ग¥यो भन्ने पत्ता लगाउन समेत चिप जडान गरेको दाबी गरेको छ । केन्द्रको रिपोर्ट अनुसार शाओमीको ‘एमआई १०टी फाइभजी’ फोन सफ्टवेयरको उक्त फिचर युरोपेली युनियन क्षेत्रका लागि बन्द गरिदिएको थियो तर त्यसलाई शाओमीले कुनै पनि समयमा पुनः शुरु गर्न सक्छ ।

रक्षा उपपन्त्री मार्गिरिस अबुकेविसियसले भनेका छन्, ‘हाम्रो सिफारिस छ कि नयाँ चिनियाँ फोन मानिसहरुले खरिद नगरुन् र पहिले नै खरिद गरिसकेका भए त्यस्ता फोनबाट छिटोभन्दा छिटो छुटकारा पाउन् ।

एजेन्सीहरु बाट प्राप्त

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x