१२ मंसिर २०८३, शुक्रबार

नेपाल भारत सिमानाकाको जमुनाहमा भारतीय पर्यटकलाई स्वागत

एसीपी संवाददाता

१२ आश्विन २०७८, मंगलवार १३:०५ मा प्रकाशित

१२ गते असोज २०७८ मंगलबार । भारतबाट कैलास मानसरोवर दर्शन गर्नका लागि नेपालगन्ज आएका पर्यटकलाई सिमानाकामै स्वागत गरिएको छ । नेपालगन्जका पर्यटन ब्यवसायीले सोमबार अपरान्ह नेपाल भारत सिमानाकाको जमुनाहामा पुगेर भारतीय पर्यटकलाई स्वागत गरेका हुन् ।

पर्यटकलाई पर्यटन प्रर्वद्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ, नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स नाटा बाँके (च्याप्टर) अध्यक्ष श्रीराम सिग्देल, होटल सिद्धार्थ भ्यू नेपालगन्जका केशव न्यौपाने, मेरो प्लानेटका प्रबन्ध निर्देशक ओम मिश्र लगायत पर्यटन ब्यवसायीले खादा र टिका लगाएर स्वागत गरेका हुन् । भारतको मुम्बई र गुजरातबाट ९ जनाको टोली रुपैडिहा हुदै नेपालगन्ज प्रवेश गरेको थियो ।

नेपालगन्जको प्रवेशद्धारमै न्यानो स्वागत पाउँदा भारतीय पर्यटक हर्षित भएका थिए । उनीहरु नेपालगन्जको तारे होटल सिद्धार्थ भ्यूमा बास बसेर नेपालगन्ज विमानस्थल, हुम्लाको सिमकोट हुदै हिल्सा नाका भएर कैलास मानसरोवर दर्शन गर्न जानेछन् ।

पर्यटन प्रर्बद्धन मञ्चका संयोजक श्रेष्ठले भारतीय पर्यटकका लागि नेपालगन्ज नाका एकदमै सहज र सरल भएको बताए । उक्त नाका भएर बर्षेनी हजारौंको संख्यामा भारतीय पर्यटकहरु मानसरोवर तिर्थयात्रामा जाने गरेको उनले सुनाए । नाटा बाँकेका अध्यक्ष सिग्देलले भारतीय पर्यटकलाई मात्रै लक्षित गरेर नेपालगन्जमा पर्यटनका गतिविधी सञ्चालन गर्न सकियो भने पर्यटन ब्यवसायले धेरै फड्को मार्ने बताए ।

पर्यटकलाई सिमामा स्वागत गरिसकेपछि बास बस्न पुगेका पर्यटकलाई होटल सिद्धार्थ भ्युले पनि छुट्टै स्वागत गरेको थियो । पर्यटन दिवसको अवसरमा बाँके लगायत विभिन्न स्थानमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।दुरसञ्चार

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x