१२ मंसिर २०८३, शुक्रबार

सरकार फेरिए पनि मधेशी जनतामाथि अन्याय र विभेद कायमै – महन्थ

एसीपी संवाददाता

१७ आश्विन २०७८, आईतवार ०२:१६ मा प्रकाशित

१७ गते असोज २०७८ आइतबार । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले पटक–पटक सरकार फेरिए पनि मधेशी जनतामाथि अन्याय र विभेद कायमै रहेको बताएका छन् । अध्यक्ष ठाकुरले मुलुक संघीय संरचनामा गएर कयौं सरकार फेरिए पनि विभेद अन्त्य र अन्याय हुन नदिने प्रतिबद्धता कार्यान्वयन नभएको गुनासो गरे ।

शनिवार जिरोमाइल युवा कमिटीको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले मधेशको माग सम्बोधन नभएसम्म लोसपाको संघर्ष जारी रहने बताए । अध्यक्ष ठाकुरले भने, ‘संविधानमा गरिएको विभेद अन्त्य नभएसम्म सडक र सदन दुवैबाट संघर्ष जारी रहन्छ ।’

मधेश आन्दोलनको क्रममा लगाइएका झुठा मुद्दा, नागरिकता विधेयक र अन्य कतिपय मुद्दा अदालतमा रहेकाले ती फिर्ता नभएसम्म संघर्ष जारी रहने ठाकुरले चेतावनी दिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x