१७ आश्विन २०८३, शनिबार
साफ फुटबल प्रतियोगितामा नेपाल श्रीलंकासँग खेल्ने
१८ गते असोज २०७८ सोमबार । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले श्रीलंकासँग खेल्नेछ । मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा नेपाली समय अनुसार राती पौने १० बजे यो खेल सुरु हुनेछ ।
प्रतियोगिताको पहिलो खेलमा माल्दिभ्सलाई १–० ले हराएको नेपाल लगातार दोस्रो जित आफ्नो पक्षमा पार्ने दाउमा रहने छ । उता पहिलो दिनको खेलमा बंगलादेशसँग हारेको श्रीलंका पनि नेपाललाई हराउँदै प्रतियोगितामा पहिलो जित प्राप्त गर्ने खोजीमा छ ।
५ टोली सहभागि प्रतियोगिताको समुह चरणमा सबै टोलीले एक अर्कासँग खेल्नेछन् । समुहका शिर्ष दुई टोलीले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन् । आजको पहिलो खेलमा उपाधि दावेदार भारतले बंगलादेशको सामना गर्नेछ । अहिले प्रतियोगिताको मुख्य दावेदार भारत रहेको छ ।
Subscribe
Login
0 Comments


