१२ मंसिर २०८३, शुक्रबार

बैंकिङ कसूर मुद्दाकी फरार प्रतिवादी पक्राउ

एसीपी संवाददाता

९ कार्तिक २०७८, मंगलवार ०६:०६ मा प्रकाशित

.

सुनसरी । बैंकिङ कसूर मुद्दाकी फरार प्रतिवादी धरान उपमहानगरपालिका-३ बस्ने ३८ बर्षीया रानी कुमारी साहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत मोरङको २०७६ माघ ६ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १ महिना कैद तथा ५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनकै गाउँघरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत सुनसरीमा उपस्थित गराइएकोमा कैद भुक्तानका लागि कारागार चलान गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x