१२ मंसिर २०८३, शुक्रबार
नेपाली टोलिको भाजपा अध्यक्ष सङ भेट्घाट
नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महत नेतृत्वको टोलीले भारतीय जनता पार्टी ९भाजपा०का अध्यक्ष जेपी नाड्डासँग भेट गरेको छ । बिहिबार नयाँदिल्ली गएका कांग्रेस नेताहरुको टोलीले अध्यक्ष नाड्डासँग भेटवार्ता गरेको हो ।
उक्त भेटवार्तामा दुई पार्टीबीचको सम्बन्ध विस्तारका बारेमा छलफल भएको जनाइएको छ । उक्त भेटवार्तामा विदेश विभाग प्रमुख विजय चौथाइवा पनि सहभागी भएका थिए ।
डा महतको आमन्त्रणामा केही हप्ताअघि भारतीय जनता पार्टीको विदेश विभागका प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आएका थिए । त्यस भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, सहमहामन्त्री डा महतसहित नेपाली कांग्रेस र अन्य राजनीतिक दलका नेतासँग भेटवार्ता गरेका थिए ।
Subscribe
Login
0 Comments


