१२ मंसिर २०८३, शुक्रबार

उद्योग मन्त्री गजेन्द्र हमाल राजीनामा दिदै

एसीपी संवाददाता

२४ आश्विन २०७८, आईतवार ०३:१९ मा प्रकाशित

२४ गते असोज २०७८ आइतबार । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेका नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाउने बताएका छन्।

‘मेरो विवेकले राजीनामा दिने निर्णयमा पुँगें,’ हमालले आइतबार नागरिकसँग टेलिफोनमा भने, ‘आजै प्रधानमन्त्रीलाई राजीनामा बुझाउँछु।’ किन राजीनामा दिन लाग्नुभयो भन्ने प्रश्नमा हमालले आफूलाई अनावश्यक विवादमा तानेकाले झन्झटमा नफस्ने बताए। ‘४५ वर्ष कांग्रेसमा योगदान पु¥याएको व्यक्तिलाई अनावश्यक विवादमा तानियो,’ हमालले भने, ‘राजीनामा नदेउ भनेर दबाब पनि आएको छ, तर, राजीनामा दिन्छु।’

निष्ठाको राजनीतिक गरेकाले मन्त्री नहुँदैमा केही फरक नपर्ने दाबी गरे। नागरिकन्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x