१२ मंसिर २०८३, शुक्रबार

प्रहरीले तालिम प्राप्त कुकुरसहित टिमद्वारा विशेष जाँच

एसीपी संवाददाता

२४ आश्विन २०७८, आईतवार १०:२७ मा प्रकाशित

२४ गते असोज २०७८ आइतबार । नेपालगञ्जको राँझा एअरपोर्टमा आइतवार तालिम प्राप्त कुकुरसहितको विशेष जाँच गरिएको छ । विमानस्थलबाट वाहिरिने र भित्रिने सबैलाई नेपाल प्रहरीको तालिम प्राप्त कुकुर लभ र व्यूटीले जाँच गरेका हुन् । अहिले सुरक्षामा कडाई गरिएकोले आम जनतालाई राहत भएको छ । दसैंमा चोरी पैठारी सहितका गतिबिधि लाई नियन्त्रण गर्न कडाई गरिएको हो ।

यसअघि शनिवार जमुनाहा नाकामा जाँच गरिएको थियो । लभ र ब्यूटीले भारतबाट विमानस्थलमा मानिस, सवारी साधनलाई जाँच गरेका थिए । चाडपर्वको मौकामा अपराधिक घटना हुन सक्ने आंशकामा प्रहरीले विभिन्न रणनीति बनाएर जाँचलाई तीब्र पारेको छ ।

दुई वटा तालिम प्राप्त कुकुर लिएर प्रहरी निरीक्षक बासुदेव सुवेदी राँझा पुगेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x