१२ मंसिर २०८३, शुक्रबार

चीनलाई ताइवानी राष्ट्रपति साइ यिङ वेनले दिए कडा जवाफ कुनै हालमा नझुक्ने चेतावनी

एसीपी संवाददाता

२४ आश्विन २०७८, आईतवार १३:११ मा प्रकाशित

२४ गते असोज २०७८ आईतवार । ताइवानलाई चीनसँग जोड्ने कसम खाएको ड्र्यागनले उचित जवाफ पाएको छ। चिनियाँ राष्ट्रपतिको बयानको उचित जवाफ दिँदै ताइवानका राष्ट्रपति साईइंग वनले आइतबार भने कि ताइवान बेइजिङको कुनै दबाबको अगाडि झुक्दैन र आफ्नो लोकतान्त्रिक जीवनको रक्षा गर्नेछ । ताइवान र चीनको पुनर्मिलनको कडा वकालत गर्दै चीनका राष्ट्रपति सी जिनपिङले शनिबार भनेका छन् कि ुताइवान प्रश्नुको मुद्दा हल हुनेछ र यो चीन संग मेलमिलाप हुनेछ। ताइवानको राष्ट्रिय दिवसको अवसरमा एक सम्बोधनमा राष्ट्रपतिले भने कि हामी जति धेरै हासिल गर्छौं, चीनबाट त्यति नै धेरै दबाबको सामना गर्नु पर्छ। यो समाचार पनि पढ्नुस – चीन सङ किन डराउन ताइवान ; चिनियाँविरोधी भावनाले सीको सपना सपनामा मात्र सिमित हुने ) उनले भने कि ताइवानलाई चीनले बनाएको बाटो पछ्याउन कसैले बाध्य पार्न सक्दैन। उनले ताइवानलाई ूप्रजातन्त्रको रक्षाको पहिलो लाइनमा उभिएकोू को रूपमा वर्णन गरे। ताइवानका राष्ट्रपतिको बयान यस्तो समयमा आएको छ जब चीनबाट लगातार हवाई घुसपैठ छ र ​​चिनियाँ राष्ट्रपति सी जिनपिङ्ले ताइवानको एकीकरणको वकालत गरेका छन्।
ताइवानको राष्ट्रिय दिवसका अवसरमा आयोजित एक सभालाई सम्बोधन गर्ने क्रममा वेनले चीनसँग ताइवान नझुक्ने प्रस्ट पारेकी हुन् ।यो पनि समाचार चीन सङ किन डराउन ताइवान ; चिनियाँविरोधी भावनाले सीको सपना सपनामा मात्र सिमित हुने )

ताइवानीहरु दबाबसामु झुक्ने कुनै भ्रम नराख्दा हुन्छु, वेनले राष्ट्रिय दिवसका अवसरमा चीनप्रति लक्षित गर्दै भनिन्।

चिनियाँ राष्ट्रपति सी जिङफिङले ताइवानसँग शान्तिपूर्ण पुनर्एकीकरण गर्ने भनेको भोलिपल्ट वेनले ताइवानीहरु चीनसामु नझुक्ने बताएकी छन् । उनले ताइवानको लोकतान्त्रिक जीवनशैलीको रक्षार्थ सैन्य क्षमता थप मजबुत पार्ने पनि बताइन् ।

चिनियाँ योजनाअनुसार हिंड्नका लागि कसैले आफूहरूलाई दबाब दिन नसकोस् भनेर राष्ट्रिय सुरक्षा मजबुत बनाइने उनको भनाइ थियो ।

चीनले अघि सारेको मार्गले न हामीलाई स्वतन्त्र तथा लोकतान्त्रिक जीवनशैली प्रदान गर्छ न दुई करोड ३० लाख ताइवानीलाई सार्वभौम बनाउँछु, वेनले भनिन् ।

चीनले पछिल्लोपटक ताइवानमाथि सैन्य दबाब दिँदै आएको छ । शनिबार चिनियाँ राष्ट्रपति सीले ताइवानसँग शान्तिपूर्ण पुनर्एकीकरण गर्ने बाचा गरेका थिए ।

ताइवानसँग कुनै पनि हालतमा एकीकरण गर्ने संकल्प गर्दै आएका सीको पछिल्लो अभिव्यक्ति भने केही नरम थियो । तर उनले ुमातृभूमि र इतिहास भुलेर मुलुक टुक्र्याउनेको भलो नहुनेु पनि बताएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1
0
Would love your thoughts, please comment.x
()
x