१२ मंसिर २०८३, शुक्रबार

एमसीसी बारे देउवाको कडा प्रस्तुति ; प्रधानमन्त्री र प्रचण्ड बिच भनाभन

एसीपी संवाददाता

२५ आश्विन २०७८, सोमबार ०२:३५ मा प्रकाशित

२५ गते असोज २०७८ सोमबार । दलीय गठबन्धनमा खटपट शुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई समेत भाग लगाएर चार दलको सरकार विस्तार गर्ने क्रममा गठबन्धनमा खटपट भएको हो । शुक्रबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भनाभन भएको स्रोतको दावी छ ।

देउवाले गजेन्द्र हमाललाई मन्त्री बनाउने विषयमा कुरा उठाएपछि प्रचण्डले त्यसमा मौन सहमति दिएका थिए । तर माधव नेपालले न्यायालयलाई कोटा दिने काम राम्रो नभएको र यसले लोकतन्त्रलाई बलियो नबनाउने बताएपछि खटपट शुरु भएको थियो । माधव नेपालको भनाईमा देउवा मौन बसे तर प्रचण्डले सरकारको काम राम्रो नभएको , नियुक्तिहरु एकलौटी हुन थालेको भन्दै देउवाको आलोचना गर्न शुरु गरेपछि देउवा र प्रचण्डबीच भनाभन भएको थियो ।

देउवा र दाहालबीचको सत्ता गठबन्धनको भविष्यको बारेमा समेत विवाद भएको थियो । यी दुई नेताबीच सत्ता गठबन्धनको भविष्यका विषयमा विवाद हुन थालेपछि माधव नेपाल र उपेन्द्र यादव भने मौन बसेका थिए । ‘वालुवाटारमा शुक्रबार भएको बैठक निकै रोमान्चक भयो, माधव नेपालले कुरा उठाउँदा प्रचण्ड मौन बस्ने, प्रचण्डले सरकारको आलोचना गर्न थालेपछि माधव नेपाल मौन बस्ने भयो तर देउवा भने निकै रिसाएका थिए’, वालुवाटार निकट स्रोतले भन्यो ।

देउवाले सरकारले राखेका प्रस्तावहरुमा विपक्षी दल नेकपा एमाले र त्यसका नेता केपी ओलीको सपोर्ट लिनुपर्ने अवस्था नआओस् भन्नेतर्फ विचार पुर्याउन गठबन्धन दलका नेताहरुसँग कुरा राखेपछि प्रचण्ड झन आक्रोसित भएका थिए । उनले संसदको बैठकमा प्रस्तुत गर्ने सरकारका प्रस्तावहरुमा सत्तारुढ दलहरुको समान धारणा हुनुपर्ने सर्त राख्दै मन्त्रिपरिषद्को विस्तार गरेरमात्रै नहुने त्यही अनुसार दलहरुबीचको धारणा पनि मिल्नुपर्ने बताएका थिए ।

ओलीले एमसीसीलाई संसदमा पेश गरेर देखाउन र संसदमा छलफलमा ल्याउन सल्लाह दिएको, संसदमा सत्तारुढ दलकै बहुमत भएकाले विपक्षीले सपोर्ट गर्नु नपर्ने तर देउवालाई सत्तारुढ दलले समर्थन नगरे आफूले विचार गर्न सक्ने जवाफ पठाएको कुरा पनि देउवाले गठबन्धन दलका नेताहरुको सो बैठकमा सुनाएका थिए ।

‘एमसीसी टेबुल गर्नुपर्नेछ गठबन्धनबाट सहयोग हुँदैन भने बाहिरबाट उपाए खोज्नुपर्छ’, देउवाले बैठकमा भनेका थिए । तर प्रचण्डले त्यसमा तुरुन्तै ‘अब्जेक्सन’ जनाएका थिए । यो कुरामा प्रधानमन्त्री देउवाले चित्त बुझाएनन् ।

सांकेतिक रुपमा समान धारणाको कुरा गरिरहेका देउवाले संसदको आगामी बैठकमा सरकारले अमेरिकी सहयोग सम्बन्धी परियोजना एमसीसी पेश गर्ने त्यसमा फरक धारणा अरु दलको प्रस्तुत हुन नहुने भन्दै प्रचण्डलाई पुन जवाफ फर्काएका थिए । देउवाको प्रष्ट कुरा एमसीसीमा प्रचण्डले समर्थन नगरे गठबन्धनको आयू छोटो हुने थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x