१२ मंसिर २०८३, शुक्रबार

पश्चिम् नेपाल भारत नाका पुर्ण रुपमा खुल्ला नेपालीहरु दशै मनाउन घर फर्किदै

एसीपी संवाददाता

२७ आश्विन २०७८, बुधबार ०३:१९ मा प्रकाशित

टीकापुर — यहाँका नेपाल–भारत सीमाको खक्रौला नाका खुलेपछि सर्वसाधारणको आउजाउ बढ्न थालेको छ । कोरोनाका कारण खक्रौला नाका बन्द थियो । कोभिडको खोप लगाएकालाई मात्र भारतीय सुरक्षाकर्मीले प्रवेश दिएको इलाका प्रहरी कार्यालय सत्तीका प्रमुख प्रहरी नायब निरीक्षक चंखबहादुर कठायतले बताए ।

उनका अनुसार नाका खुलेपछि दैनिक उपभोग्य सामानका लागि सीमा क्षेत्रका बासिन्दा साइकल तथा मोटरसाइकलबाट तिकुनिया बजारसम्म जान थालेका छन् । नाका बन्द हुँदा सर्वसाधारण यहाँका स्थानीय बजार टीकापुर, लम्कीमा किनमेल गर्ने गर्थे ।
नाका खुलेपछि आम उपभोक्ताका नाममा तस्करी हुने खतरा पनि रहने उद्योग वाणिज्य संघ टीकापुरका अध्यक्ष रामबहादुर भण्डारीले बताए । उनले भने, ‘भन्सार नतिरेर ल्याइएको सामान र भन्सार तिरेर ल्याइएको सामानको मूल्यमा फरक पर्नु स्वाभाविक हुन्छ । तस्करी हुँदा इमानदार व्यापारीलाई मर्का पर्छ ।’ तिकुनियामा सस्तो सामान पाइन्छ भनेर धेरै उपभोक्ता उतै जाने गर्छन् ।

खक्रौला नाकामा रहेको मोहना नदीमा पुल नहुँदा तिकुनिया बजार आउजाउ असजिलो थियो । पुल बनेपछि तिकुनिया बजार जान सकिने भएको हो । पुल बनेपछि भारत आवतजावतमा सहज भए पनि नेपालबाट निर्यात गर्ने वस्तु केही नभएको तर किनमेलका लागि उपभोक्ताहरू ठूलो संख्यामा तिकुनिया बजार पुग्ने गर्छन् । चाडबाडका बेला अधिकांश दैनिक उपभोग्य वस्तु सीमापारिकै बजारबाट स्थानीयले किनमेल गर्छन् । नाका खुलेपछि स्थानीय किनमेलका लागि भारत जान थालेपछि निकै घाटा बेहोर्नु परिरहेको टीकापुरका व्यापारीहरू बताउँछन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x