१२ मंसिर २०८३, शुक्रबार

फाईनल पुगेको नेपाली टोलिलाई देउवा शुभकामना

एसीपी संवाददाता

२८ आश्विन २०७८, बिहीबार ०३:२१ मा प्रकाशित

२८ गते असोज २०७८ ।  साफ च्याम्पियनसिपको फाइनल पुगेको नेपाली फुटबल टोलीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिएका छन् । बुधबार साँझ प्रधानमन्त्री देउवाले ट्वीटमार्फत आगामी खेलको लागि शुभेच्छासहित प्रोत्साहन पनि दिएका छन् ।

 ‘हार्दिक बधाई तथा शुभकामना,’ उनले लेखेका छन्, ‘साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेको नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूलाई बधाई तथा आगामी खेलको लागि शुभेच्छासहित प्रोत्साहन दिन चाहन्छु।’

बुधबार माल्दिभ्स भएको खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको थियो । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x