१२ मंसिर २०८३, शुक्रबार

कि त न्याय पाउछु कि प्राण त्यागछु – रुबि खान

एसीपी संवाददाता

२९ आश्विन २०७८, शुक्रबार ०२:३० मा प्रकाशित

२९ गते असोज २०७८ शुक्रबार । सर्वोच्च अदालतले आदेश पछि बाँकेकी रुबी खानलाई रिहा भएकी छन ।

त्यस लगत्तै उनी नील खबरलाई आफ्नो स्वास्थ्य बारे जानकारी दिदै भनिन्, ‘अनशन बसेको आज ८ दिन भयो । स्वास्थ्य अवस्था पनि बिग्रिदै गएको छ । अब की यहाँबाट न्याय पाएरै फर्किने हो या यहि प्राण त्याग गरिन्छ ।’

हिंसामा परेकी बाँकेका दुईजना महिलाहरुको शंकास्पद मृत्युभएको भन्दै उनीहरुको आफन्त र अधिकारकर्मी सहितको १३ जनाको टोली न्यायको माग गर्दै काठमाडौं पुगेका थिए ।

‘अघिल्लो हप्ताको शुक्रबार माइतीघरमा राति धर्नास्थलमा प्रहरी परिचालन गरेर जबर्जस्ती पक्राउ गरेको थियो । प्रहरी पक्राउ गर्न जाँदा उनीहरू खाना खाँदै थिए भने कोही सुतिरहेका थिए ।’ धर्ना बसेकै ठाउँबाट प्रहरीले अधिकारकर्मी खानलाई पक्राउ गरेर नेपालगन्ज ल्याएको थियो ।

त्यस पश्चात खानको रिहाईको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट निवेदन गरिएको थियो । अधिकारकर्मी मोहना अन्सारीले रिट दिएकी थिइन् ।

उक्त रिटमा सर्वोच्च अदालतले सुनुवाइ गर्दै २४ घण्टाभित्र अधिकारकर्मी खानलाई सर्वोच्चमा उपस्थित गराउन आदेश दिएको थियो । तर प्रहरीले आफूलाई केही थाहा नभएको र उनलाई पक्राउ पनि नगरिएको जवाफ दिएको थियो ।

त्यस पश्चात न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले असोज २८ गते अदालत उपस्थित गराउन आदेश दिएको थियो ।

सोही अनुरुप सर्वोच्चले सुनुवाइ गर्दै खानलाई रिहाई गर्न आदेश दिएको छ। साथै रिहा भएपछि पुनः धरपकड नगर्न पनि आदेश दिएको छ ।

बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले बिहीबार रुबीलाई रिहा गरी सर्वोच्चका सहरजिष्टारको जिम्मा लगाउन आदेश दिएको छ ।

आदेशमा भनिएको छ, ‘प्रस्तुत बन्दीका हकमा बिचार गर्दा यस अदालत द्वारा विभिन्न मुद्दामा जारी भएको आदेशको मुल मर्म तथा भावना समेतको सम्मान गरेको नदेखिएको उपरोक्त तथ्यगत अवस्थामा बिपक्षीहरुले यी बन्दिलाई थुनाबाट छाड्नु नपर्ने कुनै मनासिब कारण देखाउन नसकेको तथा देखाएका कारण पनि मनासिब नदेकिएको हुँदा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ३७ देहाय (क) र (ख) बमोजिम यी बन्दीलाई आजै यस अदालतकि सहरजिस्ट्रारको रोहवरमा थुनाबाट छाडी बन्दीका कानुन व्यवसायीको जिम्मा लगाई दिनु भनी बन्दी प्रत्यक्षिकरणको आदेश जारी गरिएको छ ।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x