मन्त्री हमाल गृहनगर नेपालगन्ज आउँदै
३१ गते असोज २०७८ आइतबार । नेपालगन्ज बाट लुम्बिनी प्रदेशमा काङ्ग्रेसका तर्फ बाट वन, वातावरण तथा भूसंरक्षण मन्त्री बनेका सुरेन्द्र हमाल गृहनगर नेपालगन्ज आउने भएका छ्न । नेपालगन्जको घरवारी टोल निवासी हमाल मन्त्री नियुक्त पछि यो पहिलो पटक हो । भोलि सोमबार नेपालगन्ज आइपुग्ने कार्यक्रम काङ्ग्रेसका एक जना नेताले जनाएका छ्न । भोली बिहान कुसुम, अगैया, कोहलपुरमा नेता र कार्यकर्तालाई भेट्दै सम्बोधन गर्दै उनी नेपालगन्ज आईपुग्ने कार्यक्रम रहेको छ । हमाल नेपाली कांग्रेसको तर्फबाट बाँके प्रदेश सभा-२ (ख) बाट निर्वाचित भएका हुन। श्रोतका अनुसार गृहनगर नेपालगन्जमा उनि विभिन्न स्थानमा पार्टी कार्यकर्ता तथा मतदाताहरुलाई समेत धन्यवाद दिने योजना बनाईरहेका छ्न । खेलाडीका रूपमा परिचीत हमाल बाके जिल्ला नेपालगन्जका लागि प्रेरणाका श्रोत हुन हमाल दाजु गजेन्द्र हमाल केन्द्रमा उद्योग तथा आपूर्ति मन्त्री बनेका थिए तर न्यायाधीशको कोटा बाट मन्त्री बनेको भन्दै समाचार आएकोले संवत्: राजीनामा दिएका हुन ।
मन्त्री हमाल यश अघि देशका युवाका लागी हमालको आत्मकथा पुस्तक समेत प्रकाशित भएको छ । उक्त पुस्तकमा नेपाली खेलाडीको वास्तविकता सार्वजनिक गरिएको हो । खेलकुदको घटनाक्रम पुस्तकमा आएकाले अहिलेको पुस्ताका लागि प्रेरणादायी बन्न सक्ने हुन । ‘पहिले खेलाडीले झण्डा मात्र फहराउथे । हमालको पुस्तकमा खेलाडीको दु:ख र पीडा मात्र छैन, सफलताको कथा पनि छ । यसले खेलकुदलाई पूर्णता दिएको भन्ने विषय पनि रहेको छ । अहिले लुम्बिनी प्रदेशका मन्त्री भए पछि सुरेन्द्र हमालको अझै लोकप्रिय नेताका रूपमा स्थापित हुने छ्न ।


