१२ मंसिर २०८३, शुक्रबार

जम्मुकस्मिरको भिडन्तमा १३ जना आतंकवादी मारिए

एसीपी संवाददाता

१ कार्तिक २०७८, सोमबार ०३:४८ मा प्रकाशित

एजेन्सी – जम्मु–कश्मीरमा गत सोमबारदेखि जारी सेना र आतंकवादी समूहबीचको दाेहाेराे भिडन्तमा ज्यान गुमाउनेकाे संख्या २२ पुगेकाे छ।

मृतकमध्ये ९ जना भारतीय सेना रहेकाे बीबीसीले जनाएकाे छ। भिडन्तमा १३ जना आतंकवादी मारिएकाे भारतीय सेनाले दाबी गरेकाे छ।

भारतीय सेनाले गत सोमबार सरनकोटको एक गाउँबाट आतंकवादी समूहविरुद्ध अपरेसन सुरु गरेको थियो। अपरेसनको पहिलो दिनमै सेनाका एकजना जुनियर अफिसरसहित ५ जना मारिएका थिए।

अहिले पनि सेना र आतंकवादी समूहबीच पुँछ र राजौरीको घना जंगलमा मुठभेड जारी रहेको भारतीय मिडियाले जनाएका छन्।

यसबीच कश्मीरको कुलमागमा आइतबार दुई गैरकश्मीरी नागरिकको गोली हानेर हत्या भएको छ। मारिनेहरुमा उत्तर प्रदेशको सहरानपुरका सगीर अहमद र बिहारको बाँका क्षेत्रका अरविन्द कुमार साह रहेकाे बताइएकाे छ।

अरविन्दले श्रीनगरको इदगाहा भन्ने ठाउँमा पानी पुरी बेच्ने गर्दथे । उनी मारिएको एक घण्टापछि कश्मीरको पुलवामा सगीर अहमद मारिएका थिए। उनी काठको काम गर्थे।

गत शनिबार पनि दुई जना मजदुरको गोली हानेर हत्या गरिएको थियो। सर्वसाधारण व्यक्तिको हत्यापछि कश्मीरका राजनीतिक दलहरुले आक्रोश व्यक्त गरेका छन्।

यो हत्यापछि भारतीय सुरक्षा बलले थालेको अपरेसनमा १३ जना आतंकवादीलाई मारेको दाबी गरिएको छ। आतंकवादी समूह र सेनाबीच मुठभेड जारी रहेको बेला जम्मु–कश्मीरमा देश विरोधी गतिविधिमा सामेल भएको भन्दै सरकारी कर्मचारीलाई
समेत बर्खास्त गरिएकाे छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x