१२ मंसिर २०८३, शुक्रबार

चिनले तातोपानी नाकामा मल रोकेको भन्दै परराष्ट्रमन्त्रालय लेख्यो पत्र

एसीपी संवाददाता

२ कार्तिक २०७८, मंगलवार ०५:४१ मा प्रकाशित

२ गते कार्तिक २०७८ मंङ्लबार चिनको तातोपानी नाकामा आइपुगेको १५ सय मेट्रिक टन मल नाकामै रोकिएको छ।

चीनले दैनिक १० वटा ट्रक र लरीका दरले मात्रै नेपाल आउन अमुमति दिएकाले २८ सेप्टेम्बरमा तातोपानी नाकामा आइपुगेको एक हजार ५ सय मेट्रिक टन मल नाकामै अड्किएको हो।

जसका कारण करिब ११ सय ट्रक तथा लरीहरु चिनियाँ नाकामा अलपत्र परेका छन्। सीमित सवारी साधन मात्र नाकाबाट पास हुन दिने गरिएकाले एक हजार ५ सय मेट्रिक टन मल काठमाडौँ आउन नसकेको हो ।

मल नआएपछि परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित चिनियाँ दूतावासलाई पत्र पठाएको छ। परराष्ट्रले चिनियाँ दूतावासलाई सहजीकरण गरिदिन पत्र पठाएको हो। ‘दूतावसाले उक्त मल नाकाबाट पास गराउनका लागि सहजीकरण गरिदिए पशंसनीय हुनेछ’ मन्त्रालयले पठाएको पत्रमा लेखिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x