१२ आश्विन २०८३, सोमबार

हिन्दुहरु माथी भईरहेको हमलाका बिरोधमा बाङ्लादेश दूतावास आगाडि बिरोध प्रदर्शन

एसीपी संवाददाता

४ कार्तिक २०७८, बिहीबार ०१:११ मा प्रकाशित

४ गते कार्तिक २०७८ । बंगलादेशमा हिन्दु धर्मावलम्बीहरुमाथि योजनावद्ध रुपमा साम्प्रदायिक हिंसा भएको भन्दै त्यसको विरोधमा नेपालस्थित बंगलादेशको दूतावासअगाडी प्रदर्शन भएको छ ।बाङ्लादेशमा हिन्दुहरु माथी हमला जारी , २० घरमा आगजनी

हालै बंगलादेशमा हिन्दु धर्मावलम्बीहरुमाथि साम्प्रदायिक हिंसा तथा अल्पसंख्यक माथि आक्रमण भएको भन्दै त्यसको विरोधमा आज नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघले प्रदर्शन गरेको हो ।

संघले बंगलादेशी राजदुत भेटेर ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष रवि प्रजापतिले कुनैपनि देशका जनताले आफ्नो धर्म मान्न पाउने अधिकार सरकारले सुरक्षित गरिदिनुपर्ने माग आफूहरुले राजदुतलाई राखेको बताउनुभयो ।

बंगलादेशमा अक्टोवर १३ देखि १५ को बिचमा भएको साम्प्रदायिक हिंसामा ८ जनाको मृत्यु तथा ६ सय बढी घर जलाइएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x