१२ मंसिर २०८३, शुक्रबार
आगामी चैत ५ गतेभित्र स्थानीय तहको निर्वाचन गरिसक्नुपर्ने
८ गते कात्तिक २०७८ । निर्वाचन आयोगका पदाधिकारीहरुले आगामी चैत ५ गतेभित्र स्थानीय तहको निर्वाचन गरिसक्नुपर्ने बताएका छन् । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य केही मन्त्रीहरुसँग भएको छलफलमा आयोगका पदाधिकारीहरुले यस्तो बताएका हुन्।
संकटकाल बाहेकको अवस्थामा म्याद थप्ने व्यवस्था नभएका कारण स्थानीय तहको निर्वाचन चैत ५ गतेभित्र गरिसक्नुपर्ने आयोगले जनाएको छ ।
आयोगले देशभर एकै चरणमा एकै पटक स्थानीय तहको निर्वाचन गर्न तयार रहेको समेत स्पष्ट पारेको छ ।
प्रदेशसभा र प्रतिनिधिसभाको अवधि भने १४ महिना बाँकी छ । त्यसैले पहिला स्थानीय तहको निर्वाचन गर्नु उपयुक्त हुने आयोग पदाधिकारीहरुको भनाइ छ ।
Subscribe
Login
0 Comments


