१२ आश्विन २०८३, सोमबार

चीनमा ठुलो कालो बजारी भएको समाचार सार्वजनिक ः अल्पसंख्यक मानिसको कलेजो करोडौंमा बिक्रि

एसीपी संवाददाता

१६ कार्तिक २०७८, मंगलवार ०२:२४ मा प्रकाशित

१६ गते कात्तिक २०७८ मंगलबार । सिन्जियाङ ः चीनको सिन्जियाङ प्रान्तमा मुस्लिम र अन्य धार्मिक अल्पसंख्यकका अंगप्रत्याङ्ग बिक्रि वितरण हुने गरेको खुलेको छ। चीनमा अल्पसंख्यक मुस्लिम समुदाय र अन्य धार्मिक अल्पसंख्यकका अंग प्रत्यारोपणका लागि कालो बजारीमा बिक्रि वितरण भइरहेको खुलेको हो।

उनीहरुको अंग प्रत्यारोपणका लागि कालो बजारीमा लाखौं डलरमा बिक्रि वितरण भइरहेको विभिन्न रिपोर्टले जनाएको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सी एनी न्युज र हेराल्ड सनमा प्रकाशित रिपोर्टअनुसार चीनको कालोबजारमा अल्पसंख्यक मुस्लिम र धार्मिक समुदायका कलेजोहरु बिक्रि वितरण हुने गरेका छन्। सो समुदायका स्वस्थ्य मानिसको कलेजो करिब १ लाख ६० हजार अमेरिकी डलरमा बिक्रि हुने गरेको र वर्षेनी १ बिलियन अमेरिकी डलरको कलेजो कालोबजारीमा बिक्रि हुने गरेको रिपोर्टमा उल्लेख छ।

चीनको हिरासतमा रहेका विभिन्न चिनियाँ मुस्लिम र धार्मिक अल्पसंख्यकहरुको अंगप्रत्याङ्ग बिक्रि वितरण एवम् तस्करीको यो घटना पहिलो नभएको संयुक्त राष्ट्रसंघको मानव अधिकार आयोगले जनाएको छ। यसअघि गएको जुन महिनामा आयोगले चीनको हिरासतमा बसेका फालुन गोङ अन्वेषकहरु, उइगुरु, तिब्बतीहरु, मुस्लिम र क्रिष्चियनहरुको विभिन्न अंग तस्करी भएको रिपोर्ट निकालेको थियो। कलेजो मात्र नभई विभिन्न अल्पसंख्यक समुदायका मुटु, किड्नी, कर्निया लगायतका अंग तस्करी हुने गरेको सो रिपोर्टले उल्लेख गरेको थियो। ती अंग तस्कर गर्न स्वास्थ्य क्षेत्रमा कार्यरत विभिन्न पदका व्यक्ति संलग्न हुने गरेको रिपोर्टमा उल्लेख छ। भारतिय संचार माध्यम

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x