१२ मंसिर २०८३, शुक्रबार

प्रधानमन्त्री देउवा र भारतिय प्रधानमन्त्री मोदि बिच भेट्वावार्ता

एसीपी संवाददाता

१६ कार्तिक २०७८, मंगलवार ११:१७ मा प्रकाशित

१६ गते कात्तिक २०७८ मंगलबार । ग्लास्गो, स्कटल्याण्ड — प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । ग्लास्गोस्थित जलवायु सम्मेलनस्थल स्कटीस एक्जिबिसन सेन्टरमा प्रधानमन्त्री देउवा र मोदीबीच द्विपक्षीय भेटवार्ता भएको परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले बताए ।

‘उहाँहरुबीच द्विपक्षीय सम्बन्ध र सहयोग आदानप्रदानबारे छलफल भयो,’ पौड्यालले कान्तिपुरसित भने ।

यसअघि देउवा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बोलाएको ब्रेकफास्ट बैठकमा सहभागी भएका थिए । त्यसक्रममा देउवाले नेपालले वन क्षेत्र बढाएर ४५ प्रतिशत पुर्‍याउने योजना रहेको सुनाएको वन तथा वातावरण मन्त्रालयका सचिव पेमनारायण कँडेलले जनाए ।

प्रधानमन्त्री देउवाले श्रीलंकाका राष्ट्रपति गोटाभाया राजापाक्षसंग पनि भेट गर्दैछन् । देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनका जलवायु विज्ञ जोन केरीलगायतसँग पनि भेट्ने तालिका छ ।अब्दुल्लाह मियाँले कान्तिपुरमा लेखेका छ्न ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x