१२ मंसिर २०८३, शुक्रबार

कस्ले सुनला नेपालीभाषीको पिडा देश निकाला गरेपनी हाम्रा देशका राष्ट्रवादी भन्ने नेताहरु ध्यानाकर्षण होस

एसीपी संवाददाता

१९ कार्तिक २०७८, शुक्रबार ०५:५३ मा प्रकाशित

फाईल तस्बिर /१९ गते कात्तिक २०७८ । अहिले नेपाली माथी भएको अन्याय बारेमा देशमा रहेको सरकार र सधै छिमेकी विरुद्ध मुर्दावादको नाराले भोट बटुल्ने काममा लागेका कम्युनिस्ट पार्टी , राष्ट्रिय वादी पार्टी भन्ने जनमोर्चा कहाँ हराएका छ्न ? सन् ’९० को दशकमा भाषा, संस्कृति र पहिचानको मूलधारबाट बाहिर रहेका १ लाखभन्दा बढी आफ्नै नागरिकलाई देशनिकाला गरेपछि बाहिरी विश्वमा सुनिन र चिनिन थालेको भुटानले यसबीचमा आफ्नो छवि सुधार्न अनेक उपाय अवलम्बन गर्दै आएको छ । दक्षिणी भुटानका नेपालीभाषी ल्होत्साम्पा समुदायलाई ‘भिन्न संस्कृति र जातीय अस्तित्व’ भएकै आधारमा देशनिकाला गरेको घटना ढाकछोप गर्न भुटान निरन्तर यत्नरत छ । यो घटना बारेमा नेपाली नेताहरु किन मौन छ्न ।
झन्डै चार दशकअघि भुटानबाट विस्थापित भएका झन्डै एक लाख नेपालीभाषीहरू भारत हुँदै पूर्वी नेपाल आए र शरणार्थी भएर यहीँ बसे।‘शरणार्थीको परिच विभिन्न दातृनिकाय तथा नेपाल सरकारको सहयोगमा विभिन्न शिविरमा बसोबास गरे। पछि तेस्रो देशमा पुनर्वास गर्ने योजनाअन्तर्गत अधिकांश भुटानी शरणार्थीहरू अहिले उनीहरू विभिन्न मुलुकमा छरिएर बसेका छन्।तर चाडबाड विशेषगरी दशैँका बेला आफ्नो मन चसक्क दुख्ने उनीहरू बताउँछन्।

कहिले राजा आफैंले पदत्याग गरी नेतृत्व हस्तान्तरण गर्ने र कहिले लोकतान्त्रिक प्रणाली स्थापित गर्न आवधिक निर्वाचन गर्नेजस्ता आवरणमा प्रशंसनीय कार्य गरेको यो हिमाली देशभित्रको यथार्थ भने बेग्लै हुनु बडो विरोधाभासपूर्ण छ । आफ्नै देशका नागरिकलाई अनाहकमा लखेट्नु र घरफिर्तीमा अस्वीकार गर्नु मात्र होइन, फरक मत राख्नेहरूलाई वर्षौंदेखि जेलमा राख्नुले नै उसको असली छवि उजागर गरेको छ, देखावटी रूपमा जतिसुकै ‘कुल राष्ट्रिय खुसी (ग्रस नेसनल ह्याप्पिनेस)’ को नारा लगाए पनि ।
दक्षिणी भुटानबाट लखेटिएर फुन्चोलिङ–जयगाउँ नाका हुँदै भारतीय भूमिको झन्डै २ सय किलोमिटर बसयात्रापछि नेपालको पूर्वी नाका मेची पुलमा ल्याएर उतारिएका ती हजारौं भुटानी नागरिकको हक–अधिकारका पक्षमा विश्वसमुदायले आवाज नउठाएको होइन । राष्ट्रसंघदेखि जेनेभा र ब्रसेल्ससम्मका अधिकारवादी मञ्चहरूमा ‘सनातनी बहस’ चलेकै हुन् ।

‘ह्याप्पी इन्डेक्स’ को भुटान-भ्रम
नेपाल र भुटानबीच शृंखलाबद्ध वार्ता पनि भए । तर, भारतीय बाटो हुँदै षड्यन्त्रपूर्वक नेपालमा झारिएका ल्होत्साम्पाको ‘अनागरिक’ स्थितिसम्बन्धी ती वार्तामा नेपाल र भुटानका बीचमा रहेको ठूलो छिमेकी भारतको ‘उपस्थिति’ कहीँकतै देखिएन । यस मामिलामा भुटान केवल अन्तर्राष्ट्रिय दबाब झेल्न देखावटी रूपमा मात्र वार्तामा बसेको रहेछ भन्ने त शरणार्थीको हुन नसकेबाटै पुष्टि भइसकेको छ । अब नेपालमा रहेका कम्युनिस्ट पार्टीहरु ,जनमोर्चा जस्ता नेमकिपा जस्ता पार्टीहरुलाई भुटान बिरुद्ध आवाज उठाउन कस्ले रोकेको छ । भारतको बाटो हुँदै नेपालको सिमानाका ल्याएको नेपाली भासी नागरिकहरु बिस्थापित हुन पुगेका छ्न । अहिले नेपालका पार्टीलाई भुटानका विरुद्ध बोल्ने पैसा आउदैन होला ? किन भने स्याना स्याना कुरामा भारत बिरोधि गतिविधिमा लाग्ने ईनका नेताहरुलाई तेस्रो देश बाट पक्कै पैसा आउँदो होला ? किन भने ई नेताहरुलाई नेपालीको पिडा महसुस भएको हैन ई भारत विरुद्ध प्रयोग हुने हतियार हुन । यदि ई पार्टी राष्ट्रियता र राष्ट्रका लागि हुन भने भुटान समस्याको पनि समाधान तर्फ उनमुख हुन जरुरी छ । ती बिस्तापित नेपाली भासी नागरिकलाई सहि ब्यवस्थापन गर्न जरुरी छ । तिनिहरु भुटानले देश निकाला किन गर्‍यो के तिनीहरु नेपाली नागरिक नेपाल बाट गएका हुन या अन्य देशका तिनीहरुको सहि जानकारी लिन आवश्यक छ तिनिहरुको सहि ब्यवस्थापनमा ई पार्टी सक्रिय हुने आसा गरेको पीडित न्यायका लागि आसावादी रहेका छ्न । एजेन्सिबाट संकलन गरेको समाचार ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x