१२ मंसिर २०८३, शुक्रबार

थारु आयोगको बेबसाईड बिदेशी ह्याकरको कब्जामा , अस्लिल लिन्क खुल्दा अध्यक्ष तनावमा

एसीपी संवाददाता

१९ कार्तिक २०७८, शुक्रबार १०:०६ मा प्रकाशित

१९ गते कात्तिक २०७८ । थारू आयोगको वेबसाइटमा अश्लील वेबसाइटको लिंक देखिएको छ । शुक्रबार रातोपाटी संवाददाता थारू आयोगको वेबसाइट भिजिट गरेको थियो । भिजिटको क्रममा वेबसाइटको ब्यानरमा देखिने आयोगको स्मारिका प्रकाशनसम्बन्धी सूचना क्लिक गर्दा अश्लील वेबसाइटको लिंक देखिएको हो ।

 

दिउँसो सवा १२ देखि साढे १२ को बीचमा स्मारिका प्रकाशनसम्बन्धी सूचना क्लिक गर्न खोज्दा पटक पटक अश्लील वेबसाइटको लिंक देखिएको थियो । यस सम्बन्धमा थारू आयोगका अध्यक्ष माननीय बिष्णु प्रसाद चौधरीसँग सम्पर्क गर्दा उनले यस्तो समस्याले आफू आजित भएको बताए ।

उनले भने, ‘बीच बीचमा यस्तो समस्या देखिने गुनासो आएका छन् । हाम्रो वेबसाइट बनाउनेले यो समस्या नेपालका ह्‍याकरबाट नभई विदेश बस्ने ह्याकरहरुबाट भइरहेको जनाएका छन् । यस्तै दुःख दिइरहे कानुनी उपचारको खोजीमा जानेछौँ ।’ राातोपटिि

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x